
शनिबार, ९ मंसिर २०८०
दाजु, बहिनीबीचको प्रेमको प्रतीकका रूपमा रहेको समा–चकेवा पर्व सुनसरी इटहरीमा हर्षोल्लासका साथ मनाइएको छ । समा–चकेवा पर्व परम्परा अनुसार दिदीबहिनीहरुले समा–चकेवा र सात भाइलाई सेलाउनुका साथै चुगला र वृन्दावनलाई पूर्णरूपमा जलाई दाजुभाइलाई मिठो परिकार खुवाई मनाउने गरिन्छ ।
समा चकेवा पर्वलाई प्रवर्द्धन संरक्षण गर्ने उदेश्यले थारू महिला सभा इटहरी उपमहानगर समितिले कार्यक्रम सभापति सुनिता चौधरीको अध्यक्षतामा सम्पन्न गरिएको हो ।र खासगरी किशोरी समूहले समा–चकेवा खेल्ने भए पनि पछिल्लो समय घरपरिवारका साथै गाउँले महिलाहरु मिलेर सामूहिकरूपमा समा–चकेवा मनाउने क्रम बढि रहेको छ।
खासगरी तराई क्षेत्रका सम्पूर्ण भूभागमा हर्षोल्लासका साथ मनाइने पौराणिक लोकपर्व ‘समा–चकेवा’लाई आस्थाको महापर्वको रूपमा लिन्छन् । ‘समा–चकेवा’ भाई र बहिनीको आपसी प्रेम, स्नेह र सद्भावमा आधारित पर्व रहेको र थारू कला संस्कृति पर्यटन क्षेत्र को रूपमा विकास गर्न तीनै तहको सरकारले ध्यानदिनु पर्ने कार्यक्रमका प्रमुख अथिती प्रतिनिधि सभा सदस्य अशोक कुमार चौधरीले बताउनु भयो ।


