Sunday, February 1, 2026
Date
आइत, माघ १९, २०८२
Sun, February 1, 2026
Radio Pariwartan
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Radio Pariwartan
No Result
View All Result
Home राजनीति

प्रदेश सरकार र इटहरी उपमहानगरबीच ढुंगा-गिटीको विवाद उत्कर्षमा

radio by radio
३ वर्ष अगाडि
in राजनीति, विविध, समाचार, स्थानीय तह
0
प्रदेश सरकार र इटहरी उपमहानगरबीच ढुंगा-गिटीको विवाद उत्कर्षमा
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

शुक्रबार, बैशाख २९, २०८०

खोलाजन्य प्राकृतिक श्रोत साधनको प्रयोगलाई लिएर कोशी प्रदेश सरकार र इटहरी उपमहानगरपालिकाबीच विवाद उत्कर्षमा पुगेको छ । प्रदेश सरकारले वन नियमावली ल्याउन ढिलाइ गर्दा राजश्व बाँडफाँट लगायतका विषयमा यी दुई तहका सरकारबीच विवाद झनै बढ्दै गएको हो ।दुई सातायता जनप्रतिनिधिले नै खोलाबाट ढुंगा(गिटी उत्खनन् गर्न नरोकेपछि डिभिजन वन कार्यालय सुनसरीले इटहरी उपमहानगरपालिकाको ५ वटा टिपर नियन्त्रणमा लिएको छ । खोला ठेक्का नलगाई नगरप्रमुख र वडा अध्यक्ष लगायत स्थानीय नै खोलामा बसेर दुई सातायता इटहरी ३ खोर्साने खापस्थित बुढी खोलाबाट ढुङ्गागिटी उत्खनन गर्न थालेपछि कोशी प्रदेश सरकारले डिभिजन वन कार्यालय सुनसरी मार्फत रोक्न खोजेको थियो ।डिभिजन वन कार्यालयले खोलाबाट आफूखुसी ढुंगा(गिटी उत्खनन् कार्य तत्काल रोक्न आग्रह गरे पनि इटहरी उपमहानगरले उत्खननको काम रोकेको छैन । वैशाख १८ गतेबाट इटहरी उपमहानगरपालिका वडा नम्बर ३ खोर्साने खापस्थित सरस्वती सामुदायिक वन क्षेत्रमा रहेको खोलाबाट ढुंगा(गिटी बालुवा निकाल्न सुरु गरेपछि वन कार्यालयको टोली रोक्न वन क्षेत्रमा पुगेको थियो । वन रक्षकसहित पुगेका सहायक वन अधिकृतको टोली र उत्खनन कार्य गरिरहेका इटहरीका नगरप्रमुख हेमकर्ण पौडेल सहितको टोलीका बीचमा विवादसमेत भएको थियो ।दुई पक्षबीचको विवादले तनावपूर्ण हुने अवस्था आएपछि सहायक वन अधिकृतको टोली फर्किएको थियो । सहायक वन अधिकृतको टोली फर्किएपछि सुरक्षाको लागि भन्दै जिल्ला प्रशासन कार्यालय सुनसरीलाई अनुरोध गरिएको थियो । त्यसयता पटक पटक उत्खनन रोक्ने प्रयास भए पनि नगरप्रमुख, वडाअध्यक्षसहित स्थानीयको समूह उत्खनन गरेकै स्थानमा बसेपछि जिल्ला वनको टोली निरिह बन्दै आएको थियो । शुक्रबार सुनसरी प्रहरीको सहयोगमा वन कार्यलयले ५ वटा टिपर खोला छेउबाट नियन्त्रणमा लिएको हो । वन कार्यलयले को १ ख ६३७९, ६३३५, ७१३०, ६५९९ र प्र–१–०२–००१ क ४०१३ नम्बरको टिपर नियन्त्रणमा लिएको हो ।अवैध रुपमा भइरहेको खोला उत्खनन कार्य तत्काल रोक्न पटक पटक आग्रह गर्दा पनि अटेरी गरेपछि बाध्य भएर शुक्रबारबाट टिपर नियन्त्रणमा लिनुपरेको डिभिजन वन कार्यलय सुनसरीका डिभिजन वन अधिकृत धर्मनाथ शाहले बताए ।

You might also like

त्रिविले सार्वजनिक गर्‍यो ३ महिनाभित्र नतिजा प्रकाशन गर्ने क्यालेन्डर, कुन तहको परीक्षा कहिले?

छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

शनिबार र आइतबार मनसुनी वायु बढी सक्रिय, सोमबारदेखि सुधार

नेपालको संविधानको धारा ६० मा राजश्व श्रोतको बाँडफाँटको व्यवस्था छ । धारा ६० मा संघ, प्रदेश र स्थानीय तहले आफ्नो आर्थिक अधिकार क्षेत्रभित्रको विषयमा कर लगाउन र ती श्रोतहरूबाट राजश्व संकलन गर्न सक्ने उल्लेख छ । सोही धारामा साझा सूचीभित्रको विषयमा र कुनै पनि तहको सूचीमा नपरेको विषयमा कर लगाउने र राजश्व उठाउने व्यवस्था नेपाल सरकारले निर्धारण गरे बमोजिम हुने उल्लेख छ । वन पैदावार बिक्री शूल्क र ढुंगा(गिटी बालुवा गिटी शूल्क प्रदेश सरकारको राजश्व अधिकार क्षेत्रभित्र पनि पर्छन् । संविधानको साझा सूचीले दिएको अधिकार अनुसार प्रदेश सरकार र स्थानीय तह दुवैको राजश्वको हिस्सा रहने गर्छ । राजश्वको हिस्सा प्रदेश सरकार र स्थानीय सरकार दुवैको भए पनि इटहरी उपमहानगरले प्रारम्भिक वातावरणीय प्रभाव मूल्यांकन नै पास नगरी, कानुनलाई अटेर गरी काम गरेको प्रदेश सरकारले आरोप लगाएको छ ।डिभिजन वन कार्यालय सुनसरीका डिभिजन वन अधिकृत शाहले गैर कानुनी ढङ्गले इटहरी उपमहानगरले ढुंगा(गिटी बालुवा उत्खनन् गरेको बताए । आईई पनि स्वीकृत नभएको अवस्थामा वनको क्षेत्रभित्र गैर कानुनी ढङ्गले उत्खनन भएकाले रोक्न कोसिस गरेको तर आफूहरूमाथि गाली गलौच गरेर पठाउने काम निरन्तर भइरहेको उनले बताए ।भौतिक निर्माणको काममा बाध पुगेकाले आफूले जनताको काम गर्न खोलाजन्य पदार्थको उत्खनन् गरेको इटहरी उपमहानगरपालिकाले जनाएको छ । इटहरी उपमहानगरपालिकाका नगरप्रमुख हेमकर्ण पौडेलले विकास निर्माणका लागि आफ्नो क्षेत्रभित्रको ढुंगा(गिटी बालुवा निकालेको बताए ।

इटहरी उपमहानगरपालिकाका २० वटै वडामा बाटो, कल्भर्ट बनाउन आवश्यक पर्ने मिक्स गिटी मापदण्ड अनुसार निकालेको अवस्थामा विकास निर्माणमा प्रदेश सरकार र प्रहरी प्रशासनले अवरोध गरेको नगरप्रमुख पौडेलले बताए । अहिले नदीजन्य पदार्थ निकाल्न नसक्ने हो भने बर्खायाममा इटहरी डुबानको समस्या हुने भएकाले विपद्‍बाट इटहरीवासीलाई जोगाउन अहिलेबाटै काम थालेको पौडेलको भनाइ छ । उनले खोला ठेक्का लगाउँदा उपमहानगरपालिकालाई ४ हजारप्रति टिपर राजश्व आउने तर आफूहरूले ठेकेदारसँग त्यही मिक्स गिटी किन्नुपर्दा ९ हजार तिर्नुपर्ने भन्दै भौतिक पूर्वाधार निर्माणको काम गर्न आवश्यक पर्ने नदीजन्य पदार्थ निकाल्ने काममा जसले अवरोध गरे पनि आफूहरूले काम नरोक्ने पौडेलले बताए ।

Previous Post

यौन दुर्व्यवहारको आरोप पक्राउ परे कृषि विज्ञ मदन राई

Next Post

इटहरी उपमहानगरको आपतकालिन बैठक : समातिएका चालक र सवारी बिना सर्त रिहाइ नगरे आन्दोलन चर्काउने चेतावनी

radio

radio

Related Posts

शिक्षा

त्रिविले सार्वजनिक गर्‍यो ३ महिनाभित्र नतिजा प्रकाशन गर्ने क्यालेन्डर, कुन तहको परीक्षा कहिले?

by radio
विविध

छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

by radio
जीवन शैली

शनिबार र आइतबार मनसुनी वायु बढी सक्रिय, सोमबारदेखि सुधार

by radio
राजनीति

यी हुन् मन्त्रिपरिषद् बैठकका १९ निर्णयहरु

by radio
प्रवास

भारतमा फैलियो जेन-जी आन्दोलन, ४ जनाको मृत्यु, भाजपा कार्यालयसहित धेरै ठाउँमा आगजनी

by radio
Next Post
इटहरी उपमहानगरको आपतकालिन बैठक : समातिएका चालक र सवारी बिना सर्त रिहाइ नगरे आन्दोलन चर्काउने चेतावनी

इटहरी उपमहानगरको आपतकालिन बैठक : समातिएका चालक र सवारी बिना सर्त रिहाइ नगरे आन्दोलन चर्काउने चेतावनी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

पानीपिया-सेउती सम्मको बाटो छिटो बनाउन इटहरी सरकारले गरायो ध्यानाकर्षण

पानीपिया-सेउती सम्मको बाटो छिटो बनाउन इटहरी सरकारले गरायो ध्यानाकर्षण

एसियाली खेलकुद : क्रिकेटर ललितको स्थानमा सागरले खेल्ने

एसियाली खेलकुद : क्रिकेटर ललितको स्थानमा सागरले खेल्ने

About Us

पो. ब. नं.: १५१, ईटहरी, सुनसरी
फोन नं.: ०२५-५८२१९६
इमेल: info@radiopariwartan.org.np
www.radiopariwartan.org.np

Our Team

  • अध्यक्ष :- सुशिला लम्साल
  • निर्देशक :- सुजता भट्टराई
  • प्रवन्ध संपादक : सबिना गौतम

  • संपादक : अमर खड्का
  • मार्केटिङ् :- शुलव रिजाल
  • रेपोटर: सुबास खत्री
  • टेक्निसियन : शोम खतिवडा

Find us Here

© 2023 Radio Pariwartan All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2023 Radio Pariwartan All Rights Reserved.