
बुधबार, ३ जेठ २०८०
सेयर बजार परिसूचक नेप्से दोहोरो अङ्कले बढेको छ । मंगलवार सामान्य बढेको सेयर बजार बुधवार दोहोरो अङ्कले बढेको हो ।
बुधबार नेप्से २३ दशमलव ३९ अङ्कले बढेर एक हजार आठ सय ४५ दशमलव शून्य एक विन्दुमा पुगेको छ ।
बुधबार सबै समूहको सेयर बढेकोमा बीमा, विकास बैंक र जलविद्युत समूहको सेयर उच्च अङ्कले उकालो लागेको छ । बजारसँगै बुधबार कारोबार रकम पनि बढेको छ । दुई सय ६६ वटा कम्पनीको २५ लाख ७७ हजार कित्ता सेयर ८५ करोड ७६ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै शिवम् सिमेन्टको पाँच करोड ४६ लाख रुपैयाँको सेयर किनबेच भयो ।
बुधबार सबेभन्दा धेरै आत्मनिर्भर लघुवित्तको सेयर १० प्रतिशत तथा इस्टर्न हाइड्रोपावर लिमिटेड, ग्रीनलाइफ हाइड्रोपावर लिमिटेड र आदर्श लघुवित्तको सेयर साढे नौ प्रतिशतभन्दा धेरै बढेको छ । समग्रमा बजार बढे पनि बुधबार सबैभन्दा धेरै माईखोला जलविद्युत कम्पनीको सेयर झन्डै आठ घटेको छ ।