
बिहिबार, जेठ ११, २०८०
चालु आर्थिक वर्षमा मुलुकमा उपलब्ध कुल आम्दानी ९खर्चयोग्य आम्दानी० भन्दा कुल खर्च करिब सवा २ खर्ब रुपैयाँले बढी हुने अनुमान राष्ट्रिय तथ्यांक कार्यालयले गरेको छ । यो रकम चालु आवको कुल गार्हस्थ्य उत्पादन ९जीडीपी० को करिब चार प्रतिशत हो । कार्यालयका अनुसार चालु आवमा मुलुकको राष्ट्रिय पुँजी निर्माण र अन्तिम उपभोग गरी कुल ६९ खर्ब ६० अर्ब ५५ करोड रुपैयाँ कुल खर्चयोग्य ९आय० रकम छ । सोही अवधिमा मुलुकको कुल राष्ट्रिय आय ६७ खर्ब ३९ अर्ब ९० करोड रुपैयाँ छ । यसरी हेर्दा कुल व्यय ९राष्ट्रिय पुँजी निर्माण र अन्तिम उपभोग० र कुल राष्ट्रिय आयबीचको अन्तर २ खर्ब २० अर्ब रुपैयाँले ऋणात्मक हुने प्रक्षेपण तथ्यांक कार्यालयले गरेको हो । गत आवमा यस्तो स्रोत अन्तर ६ खर्ब २३ अर्ब रुपैयाँले ऋणात्मक थियो । गत वर्षको तुलनामा यो वर्ष आयातमा कमी आएको छ । यसले व्यापार घाटामा पनि कमी ल्याएकाले अर्थतन्त्रमा करिब सवा २ खर्ब रुपैयाँले मात्र स्रोत अन्तर ऋणात्मक देखिएको राष्ट्रिय तथ्यांक कार्यालयका निर्देशक ईश्वरीप्रसाद भण्डारीले बताए । ‘गत वर्ष व्यापार घाटा उच्च रहेको र रेमिट्यान्स आप्रवाह पनि उत्साहित नभएकाले ऋणात्मक स्रोत अन्तरको रकम पनि धेरै थियो,’ उनले भने, ‘यस वर्ष रेमिट्यान्समा उल्लेख्य सुधार भएकाले राष्ट्रको प्राथमिक आय र द्वितीय आय बढेको छ । यसकारण पनि अर्थतन्त्रको स्रोत अन्तर करिब सवा २ खर्बले मात्र ऋणात्मक हुने अनुमान गरिएको हो ।