
बुधबार, १० जेठ २०८०
राष्ट्रिय वाणिज्य बैंकले नेपाली राष्ट्रिय क्रिकेट टोलीले गरेको योगदानको सम्मानार्थ जनही १ लाख रुपैयाँ पुरस्कार दिएको छ ।खेलाडीलाई उत्प्रेरणा प्रदान गर्ने उद्देश्यले राष्ट्रिय क्रिकेट टिमका खेलाडी तथा टिम अफिसियललाई सोमबार एक समारोहबीच बैंकले सम्मान गरेको हो ।हालै सम्पन्न एसीसी प्रिमियर कप २०२३ को विजेता राष्ट्रिय क्रिकेट टिमका १८ खेलाडीलाई जनही एक लाख र ८ जना टिम अफिसिलयललाई जनही ५० हजार रुपैयाँ बैंकले प्रदान गरेको हो ।नेपालले हालै सम्पन्न डिभिजन २ को प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरी विश्वकप छनोट खेलमा सहभागी हुने अवसर पाएको छ ।