
मंगलबार, जेठ ३०, २०८०
कोशी प्रदेश सरकारले आन्दोलनरत पहिचान पक्षधरलाई वार्ताका लागि औपचारिक पत्र पठाएको छ ।सोमबार मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले प्रदेश १ पुन नामाङ्कन संयुक्त संघर्षसमितिलाई पत्र पठाएको हो । पहिचान पक्षधरले संघर्ष समितिको नाममा पत्र पठाए वार्तामा बस्ने बताएको थियो । सरकारले सोमबार सोही समितिलाई पत्र पठाएको हो । फागुन १७ गते प्रदेशसभाले प्रदेशको नाम कोशी राखेको थियो । भूगोलका आधारमा नाम राखेपछि पहिचान पक्षधर आन्दोलनमा छन् । पहिचान पक्षधरसँग वार्ताका लागि सरकारले मन्त्री तिलकुमार मेन्याङ्बो को नेतृत्वमा तीन सदस्यीय वार्ता समिति गठन गरेको थियो । मुख्यमन्त्री हिक्मतकुमार कार्की जेठ २३ गते अल्पमतमा परेका थिए । अल्पमतमा परेको एक दिनपछि जेठ २४ गते वार्ता समिति गठन गरेको हो ।