Sunday, February 1, 2026
Date
आइत, माघ १९, २०८२
Sun, February 1, 2026
Radio Pariwartan
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Radio Pariwartan
No Result
View All Result
Home राजनीति

कोशी  प्रदेश : मध्यवधी टार्न आलोपालोको विकल्प

radio by radio
३ वर्ष अगाडि
in राजनीति, समाचार
0
कोशी  प्रदेश : मध्यवधी टार्न आलोपालोको विकल्प
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

बुधबार, जेठ ३१, २०८०

नेकपा माओवादी केन्द्र र जसपाले सरकार छाडेपछि कोेशी प्रदेशमा नयाँ सरकार गठनको गृहकार्य सुरु भएको छ । नेकपा एमाले–राप्रपा र कांग्रेस–माओवादी केन्द्र– नेकपा एस– जसपा गठबन्धनको स्पष्ट बहुमत नभएका कारण नयाँ सरकार गठनको स्पष्ट चित्र आएको छैन । मध्यवधी निर्वाचनको जोखिम पनि भएका कारण दलहरुले मध्यवधी रोक्न दुई वटा विकल्प अघि सारेको छ । पहिलो एमाले, कांग्रेस, माओवादी केन्द्र,नेकपा एसको आलोपालो सरकार । दोस्रो कांग्रेस, माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी पार्टी र राप्रपाको आलोपालो सरकार । पहिलो विकल्पमा कांग्रेस र एमाले नेताहरु तयार छन् । केन्द्र अनुसार सरकार बन्नु पर्ने अडानमा रहेको माओवादी केन्द्र दोस्रो विकल्प अनुसार राप्रपाको नेतृत्व स्वीकार गर्न तयार छैन । प्रदेश खारेजको अभियान चालिरहेको राप्रपालाई मुख्यमन्त्रीको नेतृत्व दिन नमिल्ने माओवादीको अडान छ । पहिचानको आन्दोलनलाई सम्बोधनका लागि कांग्रेस नेताले एमालेसहितको १५ महिने आलोपालो सरकारको विकल्प अघि सारेका हुन् ।कोशी प्रदेश नामाङ्नपछि प्रदेशमा पहिलचान पक्षधरले आन्दोलन चर्काएको छ । आन्दोलनकारीको माग सम्बोधनका लागि एमालेको साथ विना सम्भव नभएका कारण कांग्रेस नेताले एमालेसहितको प्रस्ताव अघि सारेका हुन् । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले केही दिनअघि सहमतिय सरकारको प्रस्ताव गरेका थिए ।माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो केन्द्रीय गठबन्धन अनुसार नै प्रदेशमा सरकार बन्ने बताउँछन् । केन्द्रमा एउटा र प्रदेशमा अर्को गठबन्धन भएका कारण सरकार छाडेको बताउँदै उनले अब बन्ने सरकार केन्द्रीय गठबन्धन अनुसार नै हुने बताए । कांग्रेस, माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी पार्टी र जसपासहितको गठबन्धनमा राप्रपा पनि जोडिने आङ्बो बताउँछन् । राप्रपा नजोडिएपनि प्रदेशमा बहुमत पुग्ने उनको दाबी छ । सम्मानजनक सहभागितासहित नयाँ गठबन्धनमा सहभागि हुन राप्रपालाई आग्रह गरिएको उनले बताए । एमालेसँग मिलेर चुनाव लडेका कारण राप्रपाले एमालेको साथ छाडेको छैन् । तर एमालेको सरकार ढल्ने अवस्था आएपछि राप्रपाले साथ दिने सत्ता पक्षको दाबी छ । एमालेको सरकार रहुन्जेलसम्म एमालेलाई साथ दिनु स्वभाविक भएको बताउँदै आङ्बो राप्रपा प्रदेश सभा विघटनको कारण नबन्ने बताउँछन् ।नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापा प्रदेशमा एमालेसहितको सरकार भन्दा पनि राप्रपालाई समेटेर नयाँ सरकार बन्ने कुरामा विश्वस्त छन् । ‘सहमतिको सरकारका लागि अलिक अगाडि मुख्यमन्त्रीले प्रस्ताव गर्नुभएको थियो, त्यसपछि उहाँले कुरा अगाडि बढाउनु भएन,’ उनले भने,‘ अहिले ति कुरा गौड भइसके, अब गठबन्धनको सरकार बन्छ ।’
९३ सदस्यीय कोशी प्रदेशसभामा बहुमतका लागि ४७ मत चाहिन्छ । एमाले–राप्रपाको सत्ता पक्षिय र प्रतिपक्षी गठबन्धनसँग ४६–४६ मत छ । सभामुख निर्णयक भूमिकामा छन् । सभामुख माओवादी केन्द्रका हुन् । प्रदेश प्रमुख पर्शुराम खापुङपनि गठबन्धनकै हुन् । प्रदेश प्रमुख र सभामुख आफू अनुकल भएका कारण सत्ता गठबन्धनको आत्मविश्वास बलियो छ । वर्तमान अल्पमतको सरकारको पक्षमा एमालेका ४० र राप्रपाका ६ जना छन् । विपक्षमा कांग्रेसका २९, माओवादी केन्द्रका ९सभामुख बाहेक० १२,नेकपा एकीकृत समाजवादीका ४ र जसपाका १ सांसद् छन् ।

You might also like

त्रिविले सार्वजनिक गर्‍यो ३ महिनाभित्र नतिजा प्रकाशन गर्ने क्यालेन्डर, कुन तहको परीक्षा कहिले?

छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

शनिबार र आइतबार मनसुनी वायु बढी सक्रिय, सोमबारदेखि सुधार

Previous Post

वार्ताका लागि सरकारले पहिचान पक्षधरलाई पठायो पत्र

Next Post

कोशी प्रदेश सरकारको नीति तथा कार्यक्रम सार्वजनिक, के-के समावेश गरियो ? (पूर्ण पाठसहित)

radio

radio

Related Posts

शिक्षा

त्रिविले सार्वजनिक गर्‍यो ३ महिनाभित्र नतिजा प्रकाशन गर्ने क्यालेन्डर, कुन तहको परीक्षा कहिले?

by radio
विविध

छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

by radio
जीवन शैली

शनिबार र आइतबार मनसुनी वायु बढी सक्रिय, सोमबारदेखि सुधार

by radio
राजनीति

यी हुन् मन्त्रिपरिषद् बैठकका १९ निर्णयहरु

by radio
प्रवास

भारतमा फैलियो जेन-जी आन्दोलन, ४ जनाको मृत्यु, भाजपा कार्यालयसहित धेरै ठाउँमा आगजनी

by radio
Next Post
कोशी प्रदेश सरकारको नीति तथा कार्यक्रम सार्वजनिक, के-के समावेश गरियो ? (पूर्ण पाठसहित)

कोशी प्रदेश सरकारको नीति तथा कार्यक्रम सार्वजनिक, के-के समावेश गरियो ? (पूर्ण पाठसहित)

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

आज बढ्यो सुन–चाँदीको भाउ

आज बढ्यो सुन–चाँदीको भाउ

इटहरी गोल्डकपमा साबिक विजेता सगरमाथालाई हराउँदै आर्मी फाइनलमा प्रवेश

इटहरी गोल्डकपमा साबिक विजेता सगरमाथालाई हराउँदै आर्मी फाइनलमा प्रवेश

About Us

पो. ब. नं.: १५१, ईटहरी, सुनसरी
फोन नं.: ०२५-५८२१९६
इमेल: info@radiopariwartan.org.np
www.radiopariwartan.org.np

Our Team

  • अध्यक्ष :- सुशिला लम्साल
  • निर्देशक :- सुजता भट्टराई
  • प्रवन्ध संपादक : सबिना गौतम

  • संपादक : अमर खड्का
  • मार्केटिङ् :- शुलव रिजाल
  • रेपोटर: सुबास खत्री
  • टेक्निसियन : शोम खतिवडा

Find us Here

© 2023 Radio Pariwartan All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2023 Radio Pariwartan All Rights Reserved.