
आइतबार, आषाढ १०, २०८०
आर्थिक वर्ष २०८०–८१ लागि इटहरी उपमहानगरपालिकाले दुई अर्ब ३५ करोड ३१ लाख रुपैयाँको बजेट प्रस्तुत गरेको छ ।
१३ औं नगरसभामा उपप्रमुख सङ्गीताकुमारी चौधरीले २ अर्ब ३५ करोड ३१ लाख रुपैयाँको बजेट प्रस्तुत गरेकी हुन् ।
उपमहानगरले चालु तर्फ १ अर्ब १५ करोड ७८ लाख २५ हजार रुपैयाँ विनियोजन गरेको छ । पूजीगत तर्फ १ अर्ब १८ करोड ७२ लाख ६ हजार रुपैयाँ विनियोजन गरेको छ । इटहरी उपमहानगरपालिकाले चालु वर्षका लागि २ अर्ब १८ करोड ६ लाख रुपैयाँको बजेट प्रस्तुत गरेको थियो । उपमहानगरले आगामी आर्थिक वर्षका लागि इटहरीको चौबाटोमा दुईवटा आकाशे पुल निर्माण गर्ने बजेटमा उल्लेख गरेको छ । मुख्य बजार क्षेत्र भएर बग्ने खेतीखोला र टेङ्ग्रा खोलाको अवरोध हटाई रिभर करिडोर र ग्रीन बेल्ट बनाउने नीति पनि लिएको छ । स्वस्थ्य इटहरी कार्यक्रम अन्तर्गत नगरबासीलाई निशुल्क एम्बुलेन्स सेवा प्रदान गर्नका लागि २ वटा एम्बुलेन्स खरिद गर्ने पनि भएको छ ।
इटहरी