
बिहिबार, आषाढ १४, २०८०
जिल्ला प्रशासन कार्यलय सुनसरीमा नागरिकता बनाउन आउने सेवाग्राही चाप बढे पछि कार्यलयले पालिका विभाजन गरी सेवा दिन सुरु गरेको छ । नेपाल सरकारको नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको नेपालको नागरिकता पहिलो संशोधन ऐन २०७९ बमोजिम जन्मसिद्ध नागरिकका सन्तानलाई वशंजको आधरमा नागरिकता सुरु गरे पछि बढेको भिडलाई ब्यवस्थित गर्न कार्यलयले पालिका अनुसार बार बिभाजन गरी सेवा दिन थालेको हो । सुनसरीमा असा। १२ गते देखी जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजको नागरिता दिन थालेको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिनु भयो । उहाँको भनाई अनुसार असार १४ गते देखी जिल्लाका ८ पालिकालाई हप्ताको ६ दिन फरक फरक बार सेवा दिन सुरुगरेको छ ।
