
शुक्रबार, आषाढ १५, २०८०
कोशी प्रदेश सभाबाट विश्वासको मत पाउन नसके पछि नेकपा एमालेको सरकार ढलेको छ । मुख्यमन्त्री हिक्मत कार्कीले प्रदेश सभामा पेश गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमा मत विभाजन हुँदा सरकारलाई विश्वास छ भन्ने पक्षमा ४६ मत र विपक्षमा ४३ मत परेको थियो। बहुमत ४७ पुर्याउनु पर्ने हुन्छ । १ मत पुर्याउन नसक्दा एमालेको सरकार ढलेको हो । प्रस्ताबको मतदानको लागि तटस्थ रहेको जसपाकी एक्ली सासद निर्मला लिम्बू अनुपस्थित रहिन । सरकारको नेतृत्वकर्ता एमालेका ४० र सत्ता साझेदार राप्रपाका ६ जनाले पक्षमा मतदान गर्दा पक्षमा ४६ मात्रै पुगेको हो। ९३ सदस्यीय प्रदेश सभामा बहुमत सिद्द गर्न ४७ मत आवश्यक पर्छ। आजको प्रदेश सभा बैठकमा ८९ जना सांसद उपस्थित थिए। नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीले विपक्षमा मतदान गरेका थिए।