
२०८० सोमबार
इजरायलमा विद्रोही समुह हमासको आक्रमणमा परी १० जना नेपाली विद्यार्थीको मृत्यु भएको पुष्टि भएको छ ।इजरायलमा रहेको नेपाली दूताबासकाअनुसार किवुज अलुमिन क्षेत्रमा रहेका १७ जना विद्यार्थीमध्ये १० जनाको मृत्यु भएको हो । यसको जाककारी परराष्ट्र मन्त्रालयलाई गराइसकिएको दुतावासले जनाए पनि तर परराष्ट्र मन्त्रालयले भने यसबारेमा औपचारिक जानकारी दिएको छैन ।शनिवार भएको आक्रमणमा परि घाइते भएका विद्यार्थीहरुलाई तुरुन्त उपचारको प्रबन्ध गर्न इजरायल सरकारलाई प्रयास गरे पनि त्यो सफल हुन नसकेको दुतावासले जनाएको छ ।आक्रमणमा एक जना बेपत्ता छन् भने चार जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । आक्रमणमा परेका विद्यार्थीलाई उद्धार र उपचारका लागि इजरायली सरकारलाई आग्रह गरे पनि त्यो सम्भव नभएकाले दुखद् घटना भएको नेपाली दुतावासले जनाएको छ ।आफूहरुमाथि आक्रमण हुने बित्तिकै घाइते विद्यार्थीले नजिकैको फार्ममा रहेका साथीहरुलाई उपचारको व्यवस्था गर्न खबर गरेको र उनीहरुले तुरुन्तै एम्बुलेन्सलाई खबर गरे पनि एम्बुलेन्सले तत्काल उद्धार गर्न नसकेको विद्यार्थीहरूले बताएका छन् ।
आइतबार प्रतिनिधि सभाको बैठकमा परराष्ट्र मन्त्री एनपी साउदले इजरायलमा केही नेपाली हताहत भएको हुनसक्ने भन्दै थप एकिन गर्ने काम भइरहेको बताउनुभएको थियो । मन्त्री साउदकाअनुसार इजरायलमा अहिले चार हजार पाँच सय जना नेपाली केयरगिभरको रूपमा रहेका र दुई सय ६५ जना विद्यार्थी अध्ययनरत रहेका छन्।