
शुक्रबार २४ कात्तिक, २०८०
स्नातक तहमा व्यवस्थापन शंकाय तर्फ हालै प्रकासित नजिता अनुसार सुनसरीको इटहरीमा रहेको जनता बहुमुखी क्याम्पसकी छात्रा जीबिका दाहाल नेपाल प्रथम भएको दाबी गरिएको छ । हालै प्रकासित परिक्षाफल नतिजामा जनता बहुमुखी क्याम्पस इटहरीकी छात्रा जीबिका दाहालले ८३ दशमलव २ प्रतिशत नम्बर ल्याए नेपाल प्रथम भएको दावी गरिएको हो । चौथो वर्षको परीक्षामा दाहालले नेपालभरी सबै भन्दा बढी प्रतिशत अंक प्राप्त गरेको जानकारी प्राप्त भएको कलेजले जनाएको छ । जनता बहुमुखी क्याम्पस इटहरीको सुपरीवेक्षण तथा शैक्षिक व्यवस्थापन समिति निरीक्षण संयोजक शिवराज दाहालले जीबिका नेपाल प्रथम भएको दाबी सहित क्याम्पस प्रशासनमा सूचना आएको जानकारी गराभयो ।
जनता बहुमुखी क्याम्पसका अध्यक्ष विकास केसीले देशभर मै उत्कृष्ट नतिजा ल्याउन सफल क्याम्पस भएकोमा खुशी व्यक्त गर्दै आगामी दिनमा पनि विद्यार्थीहरुलाई उत्कृष्ट नतिजा ल्याउने गरी क्याम्पसले पठनपाठनका योजनाहरु ल्याउने वताभयो । उत्कृष्ट पठनपाठन हुदै आएको जनता वहुमुखी क्याम्पसका विद्यार्थीले अन्य शंकायमा समेत उत्कृष्ट नतिजा ल्याउने अपेक्षा गरिएको छ । कोशी प्रदेशमै सबै भन्दा वढी विद्यार्थी अध्ययन गर्ने क्याम्पसका रुपमा रहेको जनता वहुमुखी क्याम्पसमा अध्ययनका लागि पुर्वी पहाडी जिल्लाहरुका साथै टाढाटाढा देखि पनि विद्यार्थी आउने गरेका छन ।