Sunday, February 1, 2026
Date
आइत, माघ १९, २०८२
Sun, February 1, 2026
Radio Pariwartan
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Radio Pariwartan
No Result
View All Result
Home जीवन शैली

मौसम परिवर्तन हुँदा चिसो पानी पिउनु हानिकारक,

radio by radio
२ वर्ष अगाडि
in जीवन शैली, समाचार, स्वास्थ्य
0
मौसम परिवर्तन हुँदा चिसो पानी पिउनु हानिकारक,
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

माघ २०८०,

You might also like

त्रिविले सार्वजनिक गर्‍यो ३ महिनाभित्र नतिजा प्रकाशन गर्ने क्यालेन्डर, कुन तहको परीक्षा कहिले?

छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

शनिबार र आइतबार मनसुनी वायु बढी सक्रिय, सोमबारदेखि सुधार

पानी पिउनु स्वास्थ्यका लागि अतिआवश्यक हुन्छ । पानीले शरीरलाई हाइड्रेट राख्छ र फोहोरलाई बाहिर निकाल्न मद्दत गर्छ ।तर दैनिक कति पानी पिउने रु कस्तो पानी पिउने रु यो प्रश्नको जवाफ भने एउटै आउँदैन । पानी कुन बेला पिउने भन्नेमा एउटै धारणा हुँदैन ।मौसम फेरबदलका कारण हाम्रो जीवनशैलीमा पनि विभिन्न असरहरु उत्पन्न हुन् थाल्छन् । मौसम परिवर्तन हुँदा हामीले धेरै कुराहरुमा ध्यान दिनु पर्ने हुन्छ ।मौसम परिवर्तनसँगै संक्रमण पनि बढ्न थाल्छ । यस्तो मौसममा रुघा–खोकी र भाइरल ज्वरो जस्ता विभिन्न किसिमका समस्याहरु हुने सम्भावना हुन्छ । यस्तो स्थितिमा चिसो पानीको सेवनले नकारात्मक प्रभाव पारिरहेको हुन्छ ।धेरै जासो पानीको कारण पनि हाम्रो शरीरमा विभिन्न रोगहरु लाग्ने गर्छ । पानीबिना जीवनको कल्पना पनि गर्न सकिदैन ।

मानव शरीरको ७० प्रतिशत भाग पानीले ओगटेको हुन्छ । हामीले पानी पिउँदा सधैं स्वच्छ पानी पिउनु पर्छ ।हेर्दा सफा पानी देखिए पनि पानी दुषित हुन सक्छ ।पानी फिल्टर गरेर पिउनु भन्दा उमालेर सेलाएको पानी पिउनु उत्तम हुन्छ । पानी कम पिउदा शरीरमा पानीको कमि हुन जान्छ र मिर्गौलाको पत्थरी, ग्यास्ट्रिक, कब्जियत जस्ता विभिन्न समस्याहरु उत्पन्न हुन सुरु हुन्छ ।बिहान उठेको बेला चिसो पानी भन्दा तातो पानी पिउनु उचित हुन्छ ।दैनिक बिहान तातो पानी पिउने गर्दा यसले तपाइँको तौल घटाउन मद्दत गर्दछ । परापुर्वकाल देखि नै तौल कम गर्नको लागि तातो पानी पिउने प्रचलन छ ।तातोपानीले शरीरमा तापक्रम बढाउँदछ र यसले शरीरको मेताबोलिक दरमा सुधार गरी शरीरको क्यालोरी कम गर्दछ । जसको परिणाम स्वरूप शरीरको तौल घट्ने र मृगौलालाई पनि स्वास्थ्य राख्न मदत गर्दछ ।जाडोयाममा चिसो पानी पिउँदा घाँटीको समस्याका साथ–साथै विभिन्न किसिमका स्वास्थ्य समस्याहरु हुन सक्छन् । त्यसैले जाडोयाममा चिसो पानीभन्दा मनतातो पानी पिउनु नै उपयुक्त हुन्छ ।जाडोयाममा संक्रमण तीव्र गतिमा हुने भएकाले पनि हामी सतर्क हुन आवश्यक छ ।यदि तपाईंलाई माइग्रेन अथवा साइनस ९पिनास० को समस्या छ भने नियमित रुपले चिसो पानी पिउनु हुँदैन ।पानीले शरीरमा तापमान नियमित गर्नेदेखि जोर्नीहरूको नरमपन कायम राख्नेसम्म काम गर्छ । साथै, शरीरभित्र हुने रासायनिक प्रतिक्रिया पानीबिना हुँदैन । पसिना र पिसाबको माध्यमबाट हाम्रो शरीरबाट पानी निस्किरहेको हुन्छ ।त्यसैले शरीरलाई आवश्यक पर्ने पानीको मात्रा कायम गरिराख्नुपर्छ । जसले शरीरमा विभिन्न रोगको आक्रमणबाट जोगाउन सक्छ ।दैनिक कति पानी पिउने भन्ने कुरा मौसम र व्यक्तिको कामले फरक पर्छ । जाडोमा कम र गर्मीमा बढी पानी पिउने गरिन्छ ।
साथै कोठामा काम गर्ने र बाहिर घाममा काम गर्ने व्यक्तिले पनि पिउने पानीको मात्रा फरक हुन्छ ।सामान्यतया २४ घण्टामा तीनदेखि पाँच लिटर पानी पिउनुपर्छ । खाना खाने बित्तिकै पानी पिउनु हुँदैन । खाना खानुभन्दा आधा घण्टाअघि र खाना खाएको आधा घण्टापछि मात्र पानी पिउनुपर्छ ।शरीरको तापक्रमअनुसार मनतातो पानी पिउनु राम्रो मानिन्छ । जाडो मौसममा बिहानको समयमा मनतातो पानी पिउनु राम्रो हो भने गर्मीमा ‘रुम टेम्प्रेचर’ अनुसारको पानी पिउनुपर्छ ।सकेसम्म धेरै चिसो र धेरै तातो पानी पिउनु हुँदैन । धेरै चिसो पानी पिउँदा चिसो लाग्ने, टन्सिल हुने लगायत समस्या हुने गर्छ ।
धेरै तातो पानी पिउँदा त्यो पानीलाई शरीरको तापक्रमसँग मिलाउन शरीरलाई धेरै ऊर्जा खर्च गर्नुपर्छ । त्यसैले रुम टेम्प्रेचर अनुसारको पानी पिउनु बढी उपयोगी हुन्छ ।

Previous Post

मेसीको अर्को कीर्तिमानः फेरि फिफा बेष्ट अवार्ड

Next Post

इटहरी उपमहानगरद्वारा पेट्रोल मोटरसाइकललाई विद्युतीय सवारीमा रूपान्तरण

radio

radio

Related Posts

शिक्षा

त्रिविले सार्वजनिक गर्‍यो ३ महिनाभित्र नतिजा प्रकाशन गर्ने क्यालेन्डर, कुन तहको परीक्षा कहिले?

by radio
विविध

छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

by radio
जीवन शैली

शनिबार र आइतबार मनसुनी वायु बढी सक्रिय, सोमबारदेखि सुधार

by radio
राजनीति

यी हुन् मन्त्रिपरिषद् बैठकका १९ निर्णयहरु

by radio
प्रवास

भारतमा फैलियो जेन-जी आन्दोलन, ४ जनाको मृत्यु, भाजपा कार्यालयसहित धेरै ठाउँमा आगजनी

by radio
Next Post
इटहरी उपमहानगरद्वारा पेट्रोल मोटरसाइकललाई विद्युतीय सवारीमा रूपान्तरण

इटहरी उपमहानगरद्वारा पेट्रोल मोटरसाइकललाई विद्युतीय सवारीमा रूपान्तरण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

इटहरी उपमहानगरपालिकामा अनलाइनबाट नक्सा पास गर्न सकिने सुविधा सुरु

इटहरी उपमहानगरपालिकामा अनलाइनबाट नक्सा पास गर्न सकिने सुविधा सुरु

प्रचण्डले उद्घाटन गरे विशेष रुपान्तरण अभियान

प्रचण्डले उद्घाटन गरे विशेष रुपान्तरण अभियान

About Us

पो. ब. नं.: १५१, ईटहरी, सुनसरी
फोन नं.: ०२५-५८२१९६
इमेल: info@radiopariwartan.org.np
www.radiopariwartan.org.np

Our Team

  • अध्यक्ष :- सुशिला लम्साल
  • निर्देशक :- सुजता भट्टराई
  • प्रवन्ध संपादक : सबिना गौतम

  • संपादक : अमर खड्का
  • मार्केटिङ् :- शुलव रिजाल
  • रेपोटर: सुबास खत्री
  • टेक्निसियन : शोम खतिवडा

Find us Here

© 2023 Radio Pariwartan All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2023 Radio Pariwartan All Rights Reserved.