Sunday, February 1, 2026
Date
आइत, माघ १९, २०८२
Sun, February 1, 2026
Radio Pariwartan
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Radio Pariwartan
No Result
View All Result
Home समाचार

इटहरी उपमहानगरद्वारा पेट्रोल मोटरसाइकललाई विद्युतीय सवारीमा रूपान्तरण

radio by radio
२ वर्ष अगाडि
in समाचार, स्थानीय तह
0
इटहरी उपमहानगरद्वारा पेट्रोल मोटरसाइकललाई विद्युतीय सवारीमा रूपान्तरण
587
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

३ माघ २०८० ,

सुनसरीको इटहरी उपमहानगरपालिकाले इन्धनबाट चल्ने सवारी साधनलाई विद्युतीय सवारीमा रूपान्तरण गरेको छ ।सरकारले सवारी तथा यातायात व्यवस्था ऐनमा संशोधन गर्दै विद्युतीय गाडीमा रूपान्तरण गर्न सकिने व्यवस्था गरेपछि इटहरी उपमहानगरले पेट्रोलियमबाट विद्युतीय सवारीमा रूपान्तरण गरेको हो ।पहिलो चरणमा दुई वटा मोटरसाइकललाई विद्युतीयमा रूपान्तरण गरेको हो । उपमहानगरपालिकाले सम्याति इलेक्ट्रो व्हील्स प्रालिसँग सम्झौता गरेर रूपान्तरण गरिएको इटहरीका मेयर हेमकर्ण पौडेलले जानकारी दिए ।सङ्घीय सरकारले मर्मत गरेर उपयोगमा आउन नसक्ने र २० वर्ष अवधि पुगेका सवारीसाधनलाई लागतका आधारमा विद्युतीय सवारीसाधनमा रूपान्तरण गर्न सकिने व्यवस्था गरेको थियो ।देशमै पहिलो पटक स्थानिय तहले यो कामको सुरुवात गरेको पौडेलको दाबी छ । सम्याति इलेक्ट्रो व्हील्स प्रालिका सञ्चालक आदित्य आचार्यले भने, ुहामी मोटरसाइकललाई विद्युतीयमा रूपान्तरण गर्न सक्षम भएका छौ ।इटहरी उपमहानगरपालिकाले पूर्वाधारमा विशेष गरी सडकमा गुणस्तर नभएका गुनासाहरू आएपछि आफ्नै गुणस्तर ल्याब प्रयोगशाला स्थापना गरेर प्रयोगमा ल्याएको छ । उपमहानगरपालिकाले पहिलोपल्ट खाद्य मापन प्रयोगशाला ९ल्याब० पनि सञ्चालनमा ल्याएको छ ।सडक निर्माण गर्दा अनिवार्य ल्याब परीक्षण गर्नु पर्ने व्यवस्था अनुसार पूर्वाधार गुणस्तर ल्याब सञ्चालनमा ल्याइएको इन्जिनियर राजेश दाहालले बताए । सडकको गुणस्तर मापनका लागि उपमहानगरपालिका भित्रै ल्याबको स्थापना गरिएसँगै आसपासका क्षेत्रबाट पूर्वाधार गुणस्तर परीक्षण गर्न थालेको इन्जिनियर दाहालले बताए । यसरी गुणस्तर मापन गर्दा उपमहानगरका सडकको गुणस्तर कायम गर्न मद्दत पुग्नेछ ।आफ्नो ल्याब परीक्षण प्रयोगशाला नहुँदा इटहरीभन्दा बाहिर लगेर परीक्षण गर्दा समय लाग्ने र विशेष गरी उपभोक्तालाई झन्झटिलो हुने गरेकोमा अब सहज भएको छ ।यसैगरी, खाद्य तथा दैनिक उपभोग्य वस्तुको गुणस्तर मापनका लागि खाद्य परीक्षण प्रयोगशाला पनि सुरु गरिएको छ । खाद्य परीक्षण सञ्चालनमा आएसँगै बजार अनुगमन गर्दा कुनै पनि वस्तुमा कैफियत भेटिदा कति प्रतिशत कैफियत भएको भनेर मापन गरी कारबाही गर्न सहज हुने खाद्य अधिकृत नवलकिशोर भट्टराईले बताए । उनका अनुसार अबदेखि आम उपभोक्तालाई आफूले खाने खाद्य वस्तुको गुणस्तर मापन गरी तत्काल जानकारी हुनेछ ।उपमहानगरपालिका उपमेयर सङ्गीता चौधरीले खाद्य ल्याब सञ्चालनले आफू अनुगमन गर्दा आँखाले देखिनेबाहेक क्वालिटी र क्वान्टिटीलाई छुटाएर अनुगमनलाई थप सहज बनाउने बताइन् ।इटहरी उपमहानगरपालिकाले सेवाग्राहीलाई सेवा दिनका लागि नागरिक साहयता कक्ष पनि स्थापना गरी सञ्चालन गर्न थालेको छ । यस साहयता कक्षमा सेवाग्राहीलाई राखेर तत्काल उनीहरूको गुनासाका आधारमा काम अगाडि बढाइने उपमहानगरका प्रवक्ता वडा नं। ६ का वडाध्यक्ष दिवस पोखरेलले बताए । उनका अनुसार साहयता कक्षमा उपमहानगरपालिकाका गतिविधि डिस्प्ले हुने, कुनै काम गर्न समस्या हुँदा त्यहीबाट कर्मचारीले सहजीकरण गर्ने अनि पर्खनु पर्दा चियारकफिको व्यवस्था समेत सेवाग्राहीका लागि गरिनेछ ।यसैगरी, इन्धनबाट चल्ने सवारी साधनलाई इटहरी वडा नं। १७ का दुई जना विद्यार्थीले विद्युतीय सवारीमा रूपान्तरण गरी उपमहानगरपालिकालाई दुई वटा मोटरसाइकल हस्तान्तरण गरेका छन् । इन्जिनियरिङमा डिप्लोमा तह पुरा गरेका आदित्य आचार्य र रिसप गडतौलाले छ महिना लगाएर इन्धनबाट चल्ने सवारी साधनलाई मोडिफाई गरी विद्युतीयमा रूपान्तरण गरेसँगै त्यसलाई पनि सार्वजनिक गरिएको छ ।बधुबार सडक गुणस्तर ल्याब प्रयोगशाला, खाद्य गुणस्तर मापन प्रयोगशाला, नागरिक साहयता कक्षको उद्घाटन र इन्धनबाट चल्ने सवारी साधन मोडिफाई गरी विद्युतीयमा रूपान्तरण गरेका सवारीलाई सार्वजनिक मेयर हेमकर्ण पौडेलले गरे ।

You might also like

त्रिविले सार्वजनिक गर्‍यो ३ महिनाभित्र नतिजा प्रकाशन गर्ने क्यालेन्डर, कुन तहको परीक्षा कहिले?

छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

शनिबार र आइतबार मनसुनी वायु बढी सक्रिय, सोमबारदेखि सुधार

सो क्रममा मेयर पौडेलले इटहरीमा २० महिनाको अवधिमा धेरै काम भएको दाबी गरेका छन् । उनले इटहरीलाई हिलोमुक्त र धुलोमुक्त बनाउने ढङ्गले युद्दस्तरमा काम भइरहेको बताए । ‘हिलोमुक्त र धुलोमुक्त बनाउने अभियानलाई सफल पार्नका लागि सडक एम्बुलेन्स नै खडा गरिएको छ,’ उनले भने, ‘काँही सडक बिग्रनासाथ सडक एम्बुलेन्सले काम गरी हाल्छ ।’ उनका अनुसार इटहरी उपमहानगरपालिकाले अबको दुई वर्षभित्रमा सभागृहको निर्माण पुरा गर्ने भएको छ । सभागृह इटहरी वडा नं। ५ का काब्यबाटिका निर्माण हुने भएको छ ।चालु आर्थिक वर्षमै नगर बस सञ्चालन गर्ने योजना अनुसार आगामी वैशाख महिनादेखि सुचारु गरिने मेयर पौडेलले बताए । नगर बस सञ्चालनसँगै नगरभित्र १५ वटा चार्जिङ् स्टेसन पनि राखिने भएको छ । इटहरीको चौरास्त चोकमा वैशाख महिनाभित्रै दुई वटा आकाशे पुलको पनि निर्माण पुरा गरी सक्ने पौडेलले बताए । उनका अनुसार इटहरीलाई व्यवस्थित सहरको रूपमा विकास गर्न गुरुयोजना पनि निर्माण प्रक्रिया अगाडि बढाइएको छ ।

Previous Post

मौसम परिवर्तन हुँदा चिसो पानी पिउनु हानिकारक,

Next Post

गछिया खोलामा  वृद्धको शव भेटियो 

radio

radio

Related Posts

शिक्षा

त्रिविले सार्वजनिक गर्‍यो ३ महिनाभित्र नतिजा प्रकाशन गर्ने क्यालेन्डर, कुन तहको परीक्षा कहिले?

by radio
विविध

छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

by radio
जीवन शैली

शनिबार र आइतबार मनसुनी वायु बढी सक्रिय, सोमबारदेखि सुधार

by radio
राजनीति

यी हुन् मन्त्रिपरिषद् बैठकका १९ निर्णयहरु

by radio
प्रवास

भारतमा फैलियो जेन-जी आन्दोलन, ४ जनाको मृत्यु, भाजपा कार्यालयसहित धेरै ठाउँमा आगजनी

by radio
Next Post
गछिया खोलामा  वृद्धको शव भेटियो 

गछिया खोलामा  वृद्धको शव भेटियो 

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

मुख्यमन्त्री पीएस गोलेले आज नयाँ दिल्लीमा केन्द्रिय कार्मिक, लोक शिकायत एवं पेन्शन राज्यमन्त्री डा. जितेन्द्र सिंहसँग भेट गरेका छन्। उक्त जानकारी मुख्यमन्त्रीले आज आफ्नो सामाजिक सञ्जाल फेसबुकमा दिएका छन्।मुख्यमन्त्री गोलेले केन्द्रिय राज्यमन्त्री डा. सिंहसँग भएको भेटप्रति खुशी व्यक्त गरेका छन्। यस भेटअवधि राज्यवासीहरूको कल्याणका साथै विभिन्न विषयमाथि चर्चा भएको उनले जानकारी गराएका छन्। मुख्यमन्त्रीले यस भेटलाई दृष्टिकोणहरू साझा गर्ने र विभिन्न गुनासा सम्बोधन गर्ने तरिकाहरू छलफल गर्न बहुमूल्य अवसर बताएका छन्‌‍। समाचार सुलभ रिजाल सुनसरी रेडियो परिबर्तन !

प्रदेश १ को सपथ भोेली,पाँच सांसदले मातृभाषा प्रयोग गर्ने

प्रदेश १ को सपथ भोेली,पाँच सांसदले मातृभाषा प्रयोग गर्ने

About Us

पो. ब. नं.: १५१, ईटहरी, सुनसरी
फोन नं.: ०२५-५८२१९६
इमेल: info@radiopariwartan.org.np
www.radiopariwartan.org.np

Our Team

  • अध्यक्ष :- सुशिला लम्साल
  • निर्देशक :- सुजता भट्टराई
  • प्रवन्ध संपादक : सबिना गौतम

  • संपादक : अमर खड्का
  • मार्केटिङ् :- शुलव रिजाल
  • रेपोटर: सुबास खत्री
  • टेक्निसियन : शोम खतिवडा

Find us Here

© 2023 Radio Pariwartan All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2023 Radio Pariwartan All Rights Reserved.