
२७ चैत २०८०,
इटहरी खानेपानी वडा उपभोक्ता समिति सदस्यको अन्तिम मतपरीणाम सार्वजनिक भएको छ ।
सदस्यको मतगणना सम्पन्न भएपछि इटहरी खानेपानी निर्वाचन समितिले मतपरीणाम सार्वजनिक गरेको छ । चैत २४ गते शनिवार इटहरीको ११ वटा वडाको २० वटा मतदान केन्द्रमा मतदान भएको थियो ।
आइतबार मध्याह्नबाट सुरु भएको मतगणना मङ्गलवार सम्पन्न भएको छ । निर्वाचनबाट १६५ जना वडा उपभोक्ता सदस्यहरू चयन भएका छन् । निर्वाचित भएका १६५ जना वडा उपभोक्ता सदस्य मध्येबाट १५ जनाको कार्य समिती र ५ जनाको लेखा समिती बन्ने निर्वाचन समिति सदस्य शुकदल लिम्बुले बताए । कार्य समितिले सभा आह्वान गर्ने र सोहि सभाबाट सहमति या निर्वाचनका माध्यमबाट कार्य समिति चयन हुने लिम्बुले जानकारी दिए ।
इटहरी खानेपानी वडा उपभोक्ता समिति सदस्यको निर्वाचनमा अठार हजार दुईसय नब्बे मतदाता मध्ये नौ हजार पाचँ सय अन्ठानब्बे जनाले मतदान गरेका थिए ।





