Sunday, February 1, 2026
Date
आइत, माघ १९, २०८२
Sun, February 1, 2026
Radio Pariwartan
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Radio Pariwartan
No Result
View All Result
Home समाचार

सहारा नेपाल साकोस सेवा केन्द्र सिजुवाको “सदस्य सुनौं, सदस्य बुझौं” र तीज मिलन कार्यक्रम सम्पन्न !

Sulav Rijal by Sulav Rijal
१ वर्ष अगाडि
in समाचार
0
सहारा नेपाल साकोस सेवा केन्द्र सिजुवाको “सदस्य सुनौं, सदस्य बुझौं” र तीज मिलन कार्यक्रम सम्पन्न !
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

सहारा नेपाल साकोस सेवा केन्द्र सिजुवाको “सदस्य सुनौं, सदस्य बुझौं” र तीज मिलन कार्यक्रम सम्पन्न
सहारा नेपाल साकोस, सेवा केन्द्र सिजुवाले रतुवमाई ६ मा शुक्रवार “सदस्य सुनौं, सदस्य बुझौं” र तीज मिलन कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ।

रङ्गेली(मोरङ्ग) सहारा नेपाल साकोस, सेवा केन्द्र सिजुवाले रतुवमाई ६ मा शुक्रवार “सदस्य सुनौं, सदस्य बुझौं” र तीज मिलन कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ।

You might also like

त्रिविले सार्वजनिक गर्‍यो ३ महिनाभित्र नतिजा प्रकाशन गर्ने क्यालेन्डर, कुन तहको परीक्षा कहिले?

छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

शनिबार र आइतबार मनसुनी वायु बढी सक्रिय, सोमबारदेखि सुधार

कार्यक्रमको सुरुवात सामूहिक राष्ट्रिय गान गाएर गरिएको थियो। प्रमुख अतिथि रतुवामाई नगरपालिकाकी उपमेयर दमयन्ता देवी चुडालले पानसमा दियो बालेर कार्यक्रमको उद्घाटन गरिन्। सभाध्यक्ष सहयोग समितिका संयोजक बैजनाथ शर्माले उद्घाटन ब्यानर पढेर कार्यक्रमको औपचारिक घोषणा गरे। उपस्थित सम्पूर्ण अतिथिहरूले खुत्रुकेमा पैसा संकलन गरेर कार्यक्रमलाई प्रारम्भ गरियो।

कार्यक्रमका क्रममा तीज विशेष सांस्कृतिक नृत्य प्रस्तुत गरिएको थियो, जसले कार्यक्रमलाई सांस्कृतिक र मनोरञ्जनात्मक माहोल प्रदान गर्यो। यस अवसरमा सहाराबाट वित्तीय सहयोग लिएर आफ्नो व्यवसाय सञ्चालन गर्नेहरूले आफ्ना स्टलहरू पनि राखेका थिए, जसले कार्यक्रमलाई अझ आकर्षक बनायो।

सहयोग उपसमितिका सदस्य पिताम्बर प्रसाईले कार्यक्रमको औचित्य र उद्देश्यबारे जानकारी गराउँदै भने, “यो कार्यक्रमले संस्था र सदस्यहरू बीचको सम्बन्ध अझै मजबुत र बलियो हुनेछ भन्ने विश्वास राखेको छौँ। संस्थाको सदस्यहरूको आर्थिक तथा सामाजिक उन्नति होस् भन्ने मूल उद्देश्यका साथ विभिन्न कार्यक्रमहरू गर्दै आएका छौँ। सोही अन्तर्गत आज तीजको अवसरमा यहाँहरुलाई बोलाएर दर खाने, सुख-दुखका कुरा गर्ने र नृत्य कार्यक्रमसहित यो कार्यक्रम आयोजना गरिएको हो।”

अनुगमन प्रमुख ओम प्रकाश साहले समग्र संस्था तथा वस्तु तथा सेवाका बारेमा विस्तृत जानकारी प्रदान गरे।

सेवा केन्द्र प्रमुख गणेश उप्रेतीले स्वागत मन्तव्य राख्दै वित्तीय सहकारी संस्था केवल एक वित्तीय संस्था मात्र नभई सामाजिक संस्था पनि भएको र यसले सदस्यहरूलाई जीवनका विभिन्न अवस्थाहरूमा साथ र सहयोग गर्दै आएको बताए।

प्रमुख अतिथि दमयन्ता देवी चुडालले मन्तव्य राख्दै भनिन्, “सहारा नेपाल साकोसको यो एक उत्कृष्ट कार्यक्रम हो। आजको तीज विशेष पर्व हो। आमा, दिदीबहिनीहरू माइतमा गएर रमाउने अवसर हो। आमाले पकाएको खाने, भाउजुले पकाएको खाने, वा आफैले पकाएर खाने अवसरमा सुख-दुखका कुरा साटासाट गरेर रमाउने र आफन्तहरूसँगको माया प्रेम गाढा र मजबुत बनाउनका लागि यो तीज मनाइन्छ।”

कार्यक्रममा उत्कृष्ट उद्यमीहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो। सफल सदस्यहरूलाई ० देखि हिरोसम्मको यात्रामा प्रेरित गर्दै सम्मानित गरियो।

अन्त्यमा, आमन्त्रित अतिथिहरूलाई सम्मान र मायाको चिनो प्रदान गरिएको थियो। कार्यक्रमको समापन सभाध्यक्ष बैजनाथ शर्माले समापन भनाइबाट सम्पन्न गरे। समापनपछि सामूहिक नृत्य र फोटोसेसन पनि गरिएको थियो।

सभाध्यक्ष बैजनाथ शर्माले समापन भाषणमा भने, “सारा नेपालका अधिकांश सदस्यहरू महिला दिदीबहिनीहरू हुनुहुन्छ। तीज उनीहरूको विशेष चाड हो। त्यसकारण, सारा नेपाली पनि माइतीको अभिभावकको रुपमा साथ दिनुपर्छ भन्ने उद्देश्यले यो कार्यक्रम निरन्तरता दिइरहेका छौँ। हाम्रो कार्यक्षेत्र रतुवामाई, सुनबर्जी र रङ्गेली हो भने तीजको कार्यक्रम रङ्गेली र सुनवारसीमा आयोजना गरिनेछ। सारा नेपाल एउटा सेवामुखी संस्था हो, जसले सदस्यहरूको स्वास्थ्य र सामाजिक सेवामा निरन्तर सहयोग गर्दै आएको छ।”

यसरी, सहारा नेपाल साकोसले २०० भन्दा बढी सहभागी उपस्थित मा “सदस्य सुनौं, सदस्य बुझौं” र तीज मिलन कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्यो।

Previous Post

खुकुरी प्रहारको घटनामा सलंग्न ५ जना पक्राउ !सुनसरी धरान उपमहानगरपालिकामा खुकुरी प्रहारबाट एक जनाको मृत्यु र एक जना घाईते भएको २४ घण्टा नबित्दै इटहरीमा अर्को चार जना युवाले एक युवकलाई लखेटीलखेटी खुकुरी प्रहार गरेका छन् ।

Next Post

खटपट सम्बन्ध– कुलमानले सबैभन्दा बढी बेहोरेका प्रधानमन्त्री ओली नै हुन् !

Sulav Rijal

Sulav Rijal

Related Posts

शिक्षा

त्रिविले सार्वजनिक गर्‍यो ३ महिनाभित्र नतिजा प्रकाशन गर्ने क्यालेन्डर, कुन तहको परीक्षा कहिले?

by radio
विविध

छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

by radio
जीवन शैली

शनिबार र आइतबार मनसुनी वायु बढी सक्रिय, सोमबारदेखि सुधार

by radio
राजनीति

यी हुन् मन्त्रिपरिषद् बैठकका १९ निर्णयहरु

by radio
प्रवास

भारतमा फैलियो जेन-जी आन्दोलन, ४ जनाको मृत्यु, भाजपा कार्यालयसहित धेरै ठाउँमा आगजनी

by radio
Next Post
खटपट सम्बन्ध– कुलमानले सबैभन्दा बढी बेहोरेका प्रधानमन्त्री ओली नै हुन् !

खटपट सम्बन्ध– कुलमानले सबैभन्दा बढी बेहोरेका प्रधानमन्त्री ओली नै हुन् !

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

बिपीका उपकुलपतिमाथि मोसो दल्ने प्रयास, तीन जना पक्राउ  

बिपीका उपकुलपतिमाथि मोसो दल्ने प्रयास, तीन जना पक्राउ  

अघोषित लोडसेडिङको विरोधमा सडकमा उत्रिए पूर्वका उद्योगी  

अघोषित लोडसेडिङको विरोधमा सडकमा उत्रिए पूर्वका उद्योगी  

About Us

पो. ब. नं.: १५१, ईटहरी, सुनसरी
फोन नं.: ०२५-५८२१९६
इमेल: info@radiopariwartan.org.np
www.radiopariwartan.org.np

Our Team

  • अध्यक्ष :- सुशिला लम्साल
  • निर्देशक :- सुजता भट्टराई
  • प्रवन्ध संपादक : सबिना गौतम

  • संपादक : अमर खड्का
  • मार्केटिङ् :- शुलव रिजाल
  • रेपोटर: सुबास खत्री
  • टेक्निसियन : शोम खतिवडा

Find us Here

© 2023 Radio Pariwartan All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2023 Radio Pariwartan All Rights Reserved.