मनाङको थोचे आसपास भूकम्प मनाङको थोचे आसपास भूकम्पको धक्का महसुस भएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ३ बजेर ४७ मिनेटमा मनाङको थोचे आसपास केन्द्रबिन्दु भएर ४ दशमलव २ रेक्टरस्केलको भूकम्प गएको हो ।
केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीले यो परकम्प नभएर भूकम्पै भएको बताउनुभयो ।