हेटौंडा मकवानपुरको हेटौँडा उपमहानगरपालिका– १९ नेवारपानीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ। हेटौँडा–९ का २५ वर्षीय अभिषेक सुवेदीको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका डीएसपी लक्ष्मी भण्डारीका अनुसार सोमबार बिहान नवलपरासीमा सिमेन्ट लोड गरी बाट झापा जाँदै गरेको बा प्र ०३–००१ ख २०८६ नम्बरको ट्रकले सुवेदीले चलाएको बा प्र ०२–०२२ प २५०२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।
हेटौँडाबाट मनहरीतर्फ जाँदै गरेको मोटरसाईकललाई ट्रकले नेवारपानीस्थित कोसिस पेट्रोल पम्प नजिक ठक्कर दिएको थियो। ठक्करबाट घाइते भएका सुवेदीलाई उपचारका लागि हेटौँडा अस्पताल ल्याइएकोमा उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
ट्रकचालक दाङको गडुवा गाउँपालिका– २ का २३ वर्षीय चन्द्रप्रसाद चौधरीलाई प्रहरीले पक्राउ गरेको छ।
