Sunday, February 1, 2026
Date
आइत, माघ १९, २०८२
Sun, February 1, 2026
Radio Pariwartan
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Radio Pariwartan
No Result
View All Result
Home जीवन शैली

नेपाल जेसीजको ५१ औँ राष्ट्रिय महाधिवेशन इटहरीमा: प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने

radio by radio
१ वर्ष अगाडि
in जीवन शैली, मल्टिमिडिया, विविध, समाचार
0
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

पुस २, २०८१,

नेपाल जेसीजको ५१ औँ राष्ट्रिय महाधिवेशन यही पुस ६, ७, र ८ गते इटहरीमा आयोजना हुँदैछ। यो महाधिवेशन इटहरी–९ स्थित जनता माध्यमिक विद्यालयको खेल मैदानमा हुने र पुस ६ गते प्रधानमन्त्री केपी शर्मा ओलीबाट औपचारिक रूपमा उद्घाटन गरिनेछ। महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको र कार्यक्रमलाई भव्य र व्यवस्थित बनाउन विभिन्न पक्षहरूसँग समन्वय गरिएको महाधिवेशन निर्देशक दीपक ढकालले बताएका छन्।महाधिवेशनमा नेपालभरका १७८ शाखाबाट करिब ५,००० सदस्यहरूको उपस्थिति रहने अपेक्षा गरिएको छ। महाधिवेशनले सन् २०२५ का लागि राष्ट्रिय अध्यक्षसहितका पदाधिकारीहरू चयन गर्नेछ। महाधिवेशनको मुख्य उद्देश्य सामाजिक नेतृत्व विकास, युवाहरूलाई सशक्त बनाउने, र स्थानीय तथा राष्ट्रियस्तरका विषयमा संवाद प्रवर्द्धन गर्नु हो।महाधिवेशनका क्रममा विविध कार्यक्रमहरू आयोजना गरिने छन्, जसमा प्रकरण गोष्ठी, शान्ति पदयात्रा, वक्तृत्वकला प्रतियोगिता, पूर्व अध्यक्षहरूको ब्याडमिन्टन प्रतियोगिता, र वार्षिक साधारणसभा प्रमुख छन् ।महाधिवेशनको एउटा महत्त्वपूर्ण अंशका रूपमा विभिन्न सामाजिक, आर्थिक, र पेशागत विषयमा गहन छलफल गरिनेछ।शान्ति पदयात्रास् शान्ति र एकताको सन्देश फैलाउन इटहरीका मुख्य स्थानहरूमा पदयात्रा गरिनेछ। वक्तृत्वकला प्रतियोगितास् जेसीजका युवा सदस्यहरूको नेतृत्व र विचार अभिव्यक्तिका लागि प्रतियोगिताको आयोजना हुनेछ। पूर्व अध्यक्षहरूको ब्याडमिन्टन प्रतियोगितास् खेलकुदको माध्यमबाट जेसीज सदस्यहरूबीच सहकार्य र सद्भाव अभिवृद्धि गरिनेछ । नेपाल जेसीजको वार्षिक समीक्षासँगै आगामी योजना निर्माण गरिनेछ।महाधिवेशनले कोशी प्रदेश सरकारले घोषणा गरेको “पर्यटन वर्ष २०८२” लाई पनि प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ। महाधिवेशनका क्रममा ५० वटा व्यापारिक र प्रचारात्मक स्टल राखिनेछ, जसले स्थानीय पर्यटन र व्यापारमा टेवा पुर्‍याउनेछ। इटहरी जेसीज वर्ष २०२४ का अध्यक्ष सुमन सुवेदीका अनुसार, महाधिवेशनले स्थानीय व्यवसायलाई चलायमान बनाउँदै इटहरीको पर्यटन प्रवर्द्धनमा उल्लेख्य योगदान पुर्‍याउनेछ।

You might also like

त्रिविले सार्वजनिक गर्‍यो ३ महिनाभित्र नतिजा प्रकाशन गर्ने क्यालेन्डर, कुन तहको परीक्षा कहिले?

छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

शनिबार र आइतबार मनसुनी वायु बढी सक्रिय, सोमबारदेखि सुधार

महाधिवेशनमा सहभागीहरूका लागि सुनसरी र मोरङका २०० होटलको व्यवस्था गरिएको छ। सहभागीहरूलाई सहज अनुभूति दिलाउन यातायात, आवास, र भोजन व्यवस्थापनमा विशेष ध्यान दिइएको छ।

महाधिवेशनका लागि करिब ३ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। एक करोडभन्दा बढी रकम जेसीज सदस्यहरूबाट सहभागिता शुल्कमार्फत उठाइनेछ।बाँकी रकम कोशी प्रदेश सरकार, इटहरी उपमहानगरपालिका, विभिन्न स्थानीय पालिका, व्यापारिक संस्थाहरू, र स्टलहरूबाट संकलन गरिनेछ।नेपाल जेसीजको ५१ औँ राष्ट्रिय महाधिवेशनले न केवल जेसीज संस्थाको सुदृढीकरण गर्नेछ, तर स्थानीय तहमा पनि सकारात्मक प्रभाव पार्नेछ। यसले इटहरी र वरपरको क्षेत्रका होटल, रेस्टुरेन्ट, र अन्य सेवाहरूलाई आयको अवसर दिनेछ। साथै, स्थानीय पर्यटन र व्यापार प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ।महाधिवेशनबाट नयाँ नेतृत्व चयनसँगै जेसीजको आगामी दिशा तय हुनेछ। सामाजिक जिम्मेवारी, सहकार्य, र नेतृत्व विकासका दृष्टिकोणले यो महाधिवेशनले समग्र देशलाई लाभ पुर्‍याउने अपेक्षा गरिएको छ।

Previous Post

सुदूरपश्चिमसामू पोखरा पाँच रनले पराजित

Next Post

जनकपुरलाई हराउँदै सुदूरपश्चिम एनपीएलको फाइनलमा

radio

radio

Related Posts

शिक्षा

त्रिविले सार्वजनिक गर्‍यो ३ महिनाभित्र नतिजा प्रकाशन गर्ने क्यालेन्डर, कुन तहको परीक्षा कहिले?

by radio
विविध

छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

by radio
जीवन शैली

शनिबार र आइतबार मनसुनी वायु बढी सक्रिय, सोमबारदेखि सुधार

by radio
राजनीति

यी हुन् मन्त्रिपरिषद् बैठकका १९ निर्णयहरु

by radio
प्रवास

भारतमा फैलियो जेन-जी आन्दोलन, ४ जनाको मृत्यु, भाजपा कार्यालयसहित धेरै ठाउँमा आगजनी

by radio
Next Post

जनकपुरलाई हराउँदै सुदूरपश्चिम एनपीएलको फाइनलमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

रानी बिराटनगर धरान सडक खण्ड चाडो विस्तार गर्न मेयर पौडेलको चेतावनी

रानी बिराटनगर धरान सडक खण्ड चाडो विस्तार गर्न मेयर पौडेलको चेतावनी

यू-१९ एसियाकप : युएई पुग्यो फाइनलमा

यू-१९ एसियाकप : युएई पुग्यो फाइनलमा

About Us

पो. ब. नं.: १५१, ईटहरी, सुनसरी
फोन नं.: ०२५-५८२१९६
इमेल: info@radiopariwartan.org.np
www.radiopariwartan.org.np

Our Team

  • अध्यक्ष :- सुशिला लम्साल
  • निर्देशक :- सुजता भट्टराई
  • प्रवन्ध संपादक : सबिना गौतम

  • संपादक : अमर खड्का
  • मार्केटिङ् :- शुलव रिजाल
  • रेपोटर: सुबास खत्री
  • टेक्निसियन : शोम खतिवडा

Find us Here

© 2023 Radio Pariwartan All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2023 Radio Pariwartan All Rights Reserved.