Monday, May 4, 2026
Date
सोम, बैशाख २१, २०८३
Mon, May 4, 2026
Radio Pariwartan
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Radio Pariwartan
No Result
View All Result
Home विविध

इटहरीमा आधुनिक बसपार्क बन्दै,

radio by radio
१ वर्ष अगाडि
in विविध, समाचार, स्थानीय तह
0
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

 २०८१ पुस २३,

इटहरी उपमहानगरपालिका–९ मा हाल बसपार्क निर्माणाधीन अवस्थामा छ । निर्माण भइरहेको बसपार्क अन्तिम चरणमा पुगेको उपमहानगरले जनाएको छ ।
करिब एक बिघा क्षेत्रफलमा बनिरहेको बसपार्कको हालसम्म ८० प्रतिशत भौतिक प्रगति भएको उपमहानगरको दाबी छ ।
इञ्जिनियर जीवन घिमिरेले बसपार्कको करिब ८० प्रतिशत भौतिक प्रगति सम्पन्न भइसकेको जानकारी दिए । उनका अनुसार नगर विकास कोषसँग ऋण लिएर व्यवस्थित बसपार्क निर्माणाधीन भइरहेको हो ।
बसपार्कमा नगर विकास कोष काठमाडौंले ७० प्रतिशत र इटहरी उपमहानगरपालिकाको ३० प्रतिशत लगानी रहनेछ ।
श्री अर्थ–हाम्रो–श्रीमान हेटौंडा–६, मकवानपुरले नौ करोड ४८ लाख ८३ हजार ५ सय ५६ रुपैयाँमा ठेक्का पारेर उक्त बसपार्क निर्माण गरिरहेको घिमिरेले बताए ।

You might also like

त्रिविले सार्वजनिक गर्‍यो ३ महिनाभित्र नतिजा प्रकाशन गर्ने क्यालेन्डर, कुन तहको परीक्षा कहिले?

छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

शनिबार र आइतबार मनसुनी वायु बढी सक्रिय, सोमबारदेखि सुधार

झन्डै दुई दशकअघि निर्माण भएको बसपार्क अव्यस्थित भएकाले नमुना बसपार्क निर्माण भइरहेको उनको भनाइ छ । बसपार्क निर्माण भइसकेपछि कम्तिमा ६० वटा बस अट्ने क्षमताको हुनेछ ।बसपार्क र बसपार्कको भवनलाई सबैभन्दा धेरै फाईदा लिन सक्नेगरी कार्यविधि बनाएर उपयोग गर्ने योजना रहेको छ,’ इञ्जिनियर घिमिरेले भने ।

बसपार्कको निर्माणको धेरैजसो काम सम्पन्न भइसकेको र अहिले फिनिसिङको काम धमाधम भइरहेको उनले जनाए । घिमिरेका अनुसार बसपार्कमा बन्दै गरेको भवनको पहिलो तल्लामा टिकट काउन्टर, एटिएम बुथ, सिसीटिभी र सुरक्षा कक्ष साथै सार्वजनिक शौचालय रहनेछन् ।

भवनको दोस्रो तलामा यात्रुहरूको सहजता र उपमहानगरको आम्दानीका लागि सटर पसल राखिनेछ ।

यसैगरी भवनको सबैभन्दा माथिल्लो तलामा केही रेस्टुरेन्ट, कफी सप र प्रतीक्षालय तथा हलसमेत रहनेगरी निर्माण भइरहेको छ । ‘८२ असारभित्र निर्माण सम्पन्न गरेर हस्तान्तरण गर्नुपर्ने समयावधि भए पनि तोकिएको समय भन्दा अघि नै निर्माण सम्पन्न हुन्छ,’ घिमिरेले भने ।
सुविधा सम्पन्न बसपार्क निर्माण हुने भएपछि यातायात व्यावसायीहरू खुसी भएका छन् ।

बसपार्क वरपर निर्माण भएका भवनहरूमा टिकट काउन्टर सञ्चालन गर्दा भाडा महङ्गो तिर्नुपरेको गुनासो काउन्टर सञ्चालक कुमार खड्का बताउँछन् ।
उनले भने, ‘हामीले यो टिकट काउन्टरको भाडा महङ्गो तिर्दै आएका छौँ । तर उपमहानगरले बनाएको नयाँ भवनमा सहुलियत दरमा टिकट काउन्टर भाडामा पाउछौँ भन्ने आशा छ, हेरौँ १’
यस्तै व्यवस्थित बसपार्क बन्ने भएपछि यात्रुहरूसमेत खुसी भएका छन् । यात्रु भुपेश खत्रीका अनुसार अहिले टिकट काट्न बसपार्क वरपर रहेका टिकट काउन्टरहरूमा चाहर्नुपर्ने बाध्यता छ । तर, एउटै भवनमा काउन्टर भएपछि सहज हुने उनको विश्वास छ ।
बसपार्कमा प्रतीक्षालयसमेत हुने भएपछि यात्रुहरूले सवारी पर्खिदा घाम पानीबाट जोगिन होटलतिर छिर्नुपर्ने बाध्यता हट्ने उनले बताए ।

Previous Post

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

Next Post

मोरङको सुन्दरहरैँचामा चार वटा सिलिन्डर बम फेला, डिस्पोजको तयारी

radio

radio

Related Posts

शिक्षा

त्रिविले सार्वजनिक गर्‍यो ३ महिनाभित्र नतिजा प्रकाशन गर्ने क्यालेन्डर, कुन तहको परीक्षा कहिले?

by radio
विविध

छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

by radio
जीवन शैली

शनिबार र आइतबार मनसुनी वायु बढी सक्रिय, सोमबारदेखि सुधार

by radio
राजनीति

यी हुन् मन्त्रिपरिषद् बैठकका १९ निर्णयहरु

by radio
प्रवास

भारतमा फैलियो जेन-जी आन्दोलन, ४ जनाको मृत्यु, भाजपा कार्यालयसहित धेरै ठाउँमा आगजनी

by radio
Next Post

मोरङको सुन्दरहरैँचामा चार वटा सिलिन्डर बम फेला, डिस्पोजको तयारी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

सुनसरीमा पालिका विभाजन गरी नागरिकता वितरण

सूर्यदर्शन सहकारी प्रकरणमा थुनछेक बहस सकियो, आजै आदेश आउने सम्भावना

About Us

पो. ब. नं.: १५१, ईटहरी, सुनसरी
फोन नं.: ०२५-५८२१९६
इमेल: info@radiopariwartan.org.np
www.radiopariwartan.org.np

Our Team

  • अध्यक्ष :- सुशिला लम्साल
  • निर्देशक :- सुजता भट्टराई
  • प्रवन्ध संपादक : सबिना गौतम

  • संपादक : अमर खड्का
  • मार्केटिङ् :- शुलव रिजाल
  • रेपोटर: सुबास खत्री
  • टेक्निसियन : शोम खतिवडा

Find us Here

© 2023 Radio Pariwartan All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2023 Radio Pariwartan All Rights Reserved.