Sunday, February 1, 2026
Date
आइत, माघ १९, २०८२
Sun, February 1, 2026
Radio Pariwartan
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Radio Pariwartan
No Result
View All Result
Home विविध

इटहरीमा आधुनिक बसपार्क बन्दै,

radio by radio
१ वर्ष अगाडि
in विविध, समाचार, स्थानीय तह
0
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

 २०८१ पुस २३,

इटहरी उपमहानगरपालिका–९ मा हाल बसपार्क निर्माणाधीन अवस्थामा छ । निर्माण भइरहेको बसपार्क अन्तिम चरणमा पुगेको उपमहानगरले जनाएको छ ।
करिब एक बिघा क्षेत्रफलमा बनिरहेको बसपार्कको हालसम्म ८० प्रतिशत भौतिक प्रगति भएको उपमहानगरको दाबी छ ।
इञ्जिनियर जीवन घिमिरेले बसपार्कको करिब ८० प्रतिशत भौतिक प्रगति सम्पन्न भइसकेको जानकारी दिए । उनका अनुसार नगर विकास कोषसँग ऋण लिएर व्यवस्थित बसपार्क निर्माणाधीन भइरहेको हो ।
बसपार्कमा नगर विकास कोष काठमाडौंले ७० प्रतिशत र इटहरी उपमहानगरपालिकाको ३० प्रतिशत लगानी रहनेछ ।
श्री अर्थ–हाम्रो–श्रीमान हेटौंडा–६, मकवानपुरले नौ करोड ४८ लाख ८३ हजार ५ सय ५६ रुपैयाँमा ठेक्का पारेर उक्त बसपार्क निर्माण गरिरहेको घिमिरेले बताए ।

You might also like

त्रिविले सार्वजनिक गर्‍यो ३ महिनाभित्र नतिजा प्रकाशन गर्ने क्यालेन्डर, कुन तहको परीक्षा कहिले?

छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

शनिबार र आइतबार मनसुनी वायु बढी सक्रिय, सोमबारदेखि सुधार

झन्डै दुई दशकअघि निर्माण भएको बसपार्क अव्यस्थित भएकाले नमुना बसपार्क निर्माण भइरहेको उनको भनाइ छ । बसपार्क निर्माण भइसकेपछि कम्तिमा ६० वटा बस अट्ने क्षमताको हुनेछ ।बसपार्क र बसपार्कको भवनलाई सबैभन्दा धेरै फाईदा लिन सक्नेगरी कार्यविधि बनाएर उपयोग गर्ने योजना रहेको छ,’ इञ्जिनियर घिमिरेले भने ।

बसपार्कको निर्माणको धेरैजसो काम सम्पन्न भइसकेको र अहिले फिनिसिङको काम धमाधम भइरहेको उनले जनाए । घिमिरेका अनुसार बसपार्कमा बन्दै गरेको भवनको पहिलो तल्लामा टिकट काउन्टर, एटिएम बुथ, सिसीटिभी र सुरक्षा कक्ष साथै सार्वजनिक शौचालय रहनेछन् ।

भवनको दोस्रो तलामा यात्रुहरूको सहजता र उपमहानगरको आम्दानीका लागि सटर पसल राखिनेछ ।

यसैगरी भवनको सबैभन्दा माथिल्लो तलामा केही रेस्टुरेन्ट, कफी सप र प्रतीक्षालय तथा हलसमेत रहनेगरी निर्माण भइरहेको छ । ‘८२ असारभित्र निर्माण सम्पन्न गरेर हस्तान्तरण गर्नुपर्ने समयावधि भए पनि तोकिएको समय भन्दा अघि नै निर्माण सम्पन्न हुन्छ,’ घिमिरेले भने ।
सुविधा सम्पन्न बसपार्क निर्माण हुने भएपछि यातायात व्यावसायीहरू खुसी भएका छन् ।

बसपार्क वरपर निर्माण भएका भवनहरूमा टिकट काउन्टर सञ्चालन गर्दा भाडा महङ्गो तिर्नुपरेको गुनासो काउन्टर सञ्चालक कुमार खड्का बताउँछन् ।
उनले भने, ‘हामीले यो टिकट काउन्टरको भाडा महङ्गो तिर्दै आएका छौँ । तर उपमहानगरले बनाएको नयाँ भवनमा सहुलियत दरमा टिकट काउन्टर भाडामा पाउछौँ भन्ने आशा छ, हेरौँ १’
यस्तै व्यवस्थित बसपार्क बन्ने भएपछि यात्रुहरूसमेत खुसी भएका छन् । यात्रु भुपेश खत्रीका अनुसार अहिले टिकट काट्न बसपार्क वरपर रहेका टिकट काउन्टरहरूमा चाहर्नुपर्ने बाध्यता छ । तर, एउटै भवनमा काउन्टर भएपछि सहज हुने उनको विश्वास छ ।
बसपार्कमा प्रतीक्षालयसमेत हुने भएपछि यात्रुहरूले सवारी पर्खिदा घाम पानीबाट जोगिन होटलतिर छिर्नुपर्ने बाध्यता हट्ने उनले बताए ।

Previous Post

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

Next Post

मोरङको सुन्दरहरैँचामा चार वटा सिलिन्डर बम फेला, डिस्पोजको तयारी

radio

radio

Related Posts

शिक्षा

त्रिविले सार्वजनिक गर्‍यो ३ महिनाभित्र नतिजा प्रकाशन गर्ने क्यालेन्डर, कुन तहको परीक्षा कहिले?

by radio
विविध

छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

by radio
जीवन शैली

शनिबार र आइतबार मनसुनी वायु बढी सक्रिय, सोमबारदेखि सुधार

by radio
राजनीति

यी हुन् मन्त्रिपरिषद् बैठकका १९ निर्णयहरु

by radio
प्रवास

भारतमा फैलियो जेन-जी आन्दोलन, ४ जनाको मृत्यु, भाजपा कार्यालयसहित धेरै ठाउँमा आगजनी

by radio
Next Post

मोरङको सुन्दरहरैँचामा चार वटा सिलिन्डर बम फेला, डिस्पोजको तयारी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

प्रदेश सरकारले डुमरिया अस्पतालका लागि पठायो स्वास्थ्य उपकरण र औषधि ।

प्रदेश सरकारले डुमरिया अस्पतालका लागि पठायो स्वास्थ्य उपकरण र औषधि ।

पत्रकार महासङ्घको अध्यक्षमा पाँच जनाको उम्मेदवारी, शनिबार ११ बजेसम्म दाबी विरोध गर्न सकिने

About Us

पो. ब. नं.: १५१, ईटहरी, सुनसरी
फोन नं.: ०२५-५८२१९६
इमेल: info@radiopariwartan.org.np
www.radiopariwartan.org.np

Our Team

  • अध्यक्ष :- सुशिला लम्साल
  • निर्देशक :- सुजता भट्टराई
  • प्रवन्ध संपादक : सबिना गौतम

  • संपादक : अमर खड्का
  • मार्केटिङ् :- शुलव रिजाल
  • रेपोटर: सुबास खत्री
  • टेक्निसियन : शोम खतिवडा

Find us Here

© 2023 Radio Pariwartan All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2023 Radio Pariwartan All Rights Reserved.