Sunday, February 1, 2026
Date
आइत, माघ १९, २०८२
Sun, February 1, 2026
Radio Pariwartan
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Radio Pariwartan
No Result
View All Result
Home राजनीति

कार्यपालिका बैठक बस्न नसकेको विषयमा मेयर हर्क साम्पाङको प्रत्यारोप

radio by radio
३ वर्ष अगाडि
in राजनीति
0
कार्यपालिका बैठक बस्न नसकेको विषयमा मेयर हर्क साम्पाङको प्रत्यारोप
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

]

पुष १, २०७९

You might also like

यी हुन् मन्त्रिपरिषद् बैठकका १९ निर्णयहरु

भारतमा फैलियो जेन-जी आन्दोलन, ४ जनाको मृत्यु, भाजपा कार्यालयसहित धेरै ठाउँमा आगजनी

मन्त्रिपरिषद् विस्तार: पाँच नयाँ मन्त्री नियुक्त, ९ सदस्यीय बन्यो मन्त्रिपरिषद्

धरान उपमहानगरपालिका कार्यपालिकाको बैठक चौथो पटक पनि स्थगित भएपछि वडाध्यक्षहरू र मेयर हर्क साम्पाङ राई बिच आरोप प्रत्यारोप सुरु भएको छ । हिजो वडाध्यक्ष एवं कार्यपालिका सदस्यहरूले पत्रकार सम्मेलन गरी त्यसको दोष मेयरको स्वेच्छाचारी प्रवृत्ति भएको आरोप लगाएपछि आज मेयर राईले पनि पत्रकार सम्मेलन गरी त्यसको दोषी वडाध्यक्षहरू भएको प्रत्यारोप लगाएका छन् ।
पटक-पटक कार्यपालिका बैठक बोलाइए पनि चार महिना देखी मेयर र वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरू बिचको विवादका कारण बैठक सुरु हुन अगावै स्थगित हुँदै आएको छ । असोज १३ गते बोलाइएको बैठकमा विवाद भएपछि स्थगित भएको बैठक त्यसपछि तिन पटक बोलाइए पनि सुरु हुन अगावै स्थगित हुदैं आएको छ । त्यसपछि कात्तिक १७, कात्तिक २४ र मङ्सिर २९ गते बैठक बस्न नसकेको हो ।
मेयर राईद्वारा आज जारी विज्ञप्तिमा बैठक बस्न नसक्नुमा ‘कार्यपालिका सदस्यहरू स्थानिय सरकार सञ्चालन ऐन २०७४ को धारा १६ उपधारा ४ को खण्ड ‘क’ को ६ ले नगर प्रमुखलाई दिएको कार्यपालिका बैठक/रेखदेख निर्देशन र नियन्त्रण गर्ने अधिकार प्रयोग गरी रोक्न खोज्दा सम्मानित कार्यपालिकाको विधिको धज्जी उडाएर होहल्ला गरिनु गैरकानुनी, आपत्तिजनक र खोजजनक घटना’को उल्लेख गर्दै वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरू नै जिम्मेवार भएको प्रत्यारोप लगाइएको छ ।
चार महिना अघि असोज १३ गतेको बैठकमा मेयर राईद्वारा प्रस्तुत धरान-१७ मा बहुसांस्कृतिक पार्क निर्माण गर्ने प्रस्तावमा छलफल सुरु भएपछि कार्यपालिका सदस्य अनुप देवानले आफ्नो मत राख्दै गर्दा मेयर राईले बिचैमा रोकेका थिए । कार्यपालिका सदस्य देवानले प्रकट गरेको राय अभद्र भएको आरोप लगाउँदै मेयर राईले आज जारी गरेको विज्ञप्तिमा भनिएको छ ‘उक्त प्रस्ताव उपर निज सदस्यले आफ्नो विचार राख्ने क्रममा मर्यादालाई मिचेर अभद्र शैलीमा अनुशासनहीनता देखाउँदा’ बिचैमा रोक्नु परेको उल्लेख छ । 
हिजो बिहीबार २८ जना वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरूले उपमहानगरपालिकामै पत्रकार सम्मेलन गरी उक्त बैठकमा मेयर राईले कार्यपालिका सदस्यको राय राख्न पाउने अधिकार हनन गर्दै रोक लगाएर बाहिर निस्केर जानुस् समेत भनी अपमानित गरेको आरोप लगाएका थिए । मेयर राईलाई आत्मालोचना गरी बैठक सुचारु गर्न माग गर्दा ‘म आत्मालोचना गर्दिन’ भनी स्वेच्छाचारी प्रवृत्ति देखाएको हुनाले उक्त बैठक स्थगित भएको बताइएको थियो । आत्मालोचनाको मागकै निरन्तरताका कारण चार महिना देखी बैठक बस्न नसकेको हो । 

Previous Post

देशभर चिसो बढेसँगै सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

Next Post

सातै प्रदेशमा निर्वाचन परिणाम बुझाउँदै निर्वाचन आयोग

radio

radio

Related Posts

राजनीति

यी हुन् मन्त्रिपरिषद् बैठकका १९ निर्णयहरु

by radio
प्रवास

भारतमा फैलियो जेन-जी आन्दोलन, ४ जनाको मृत्यु, भाजपा कार्यालयसहित धेरै ठाउँमा आगजनी

by radio
राजनीति

मन्त्रिपरिषद् विस्तार: पाँच नयाँ मन्त्री नियुक्त, ९ सदस्यीय बन्यो मन्त्रिपरिषद्

by radio
राजनीति

हमासले सार्वजनिक गरेको ‘बिदाई तस्वीर’मा नेपाली विपिन जोशी पनि

by radio
राजनीति

असोज १ गते शोक दिवस मनाइने, सरकारले दियो सार्वजनिक बिदा

by radio
Next Post
सातै प्रदेशमा निर्वाचन परिणाम बुझाउँदै निर्वाचन आयोग

सातै प्रदेशमा निर्वाचन परिणाम बुझाउँदै निर्वाचन आयोग

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

शनिबार र आइतबार मनसुनी वायु बढी सक्रिय, सोमबारदेखि सुधार

उपमेयर बेघाको सवालमा चित्तबुझ्दो जवाफ नदिई मेयर साम्पाङले कार्यपालिका बैठक स्थगित गरे

उपमेयर बेघाको सवालमा चित्तबुझ्दो जवाफ नदिई मेयर साम्पाङले कार्यपालिका बैठक स्थगित गरे

About Us

पो. ब. नं.: १५१, ईटहरी, सुनसरी
फोन नं.: ०२५-५८२१९६
इमेल: info@radiopariwartan.org.np
www.radiopariwartan.org.np

Our Team

  • अध्यक्ष :- सुशिला लम्साल
  • निर्देशक :- सुजता भट्टराई
  • प्रवन्ध संपादक : सबिना गौतम

  • संपादक : अमर खड्का
  • मार्केटिङ् :- शुलव रिजाल
  • रेपोटर: सुबास खत्री
  • टेक्निसियन : शोम खतिवडा

Find us Here

© 2023 Radio Pariwartan All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2023 Radio Pariwartan All Rights Reserved.