हप्ताको पहिलो दिन आइतबार सेयर बजार उच्च अङ्कले घटेर राताम्मे भएको छ ।

३ पुस २०७९,
सेयर बजार परिसूचक नेप्से आइतबार २७ दशमलव ५४ अङ्कले घटेर १ हजार ८ सय ५५ दशमलव ०६ विन्दुमा झरेको छ ।
आइतबार सबै समूहको सेयर घटेकोमा विकास बैंक, फाइनान्स, माइक्रोफाइनान्स र जलविद्युत समूहको सेयर उच्च अङ्कले ओरालो लागेको छ ।
नेप्से घटेको दिन दुई सय ५० वटा कम्पनीको ३७ लाख ७८ हजार कित्ता सेयर एक अर्ब १५ करोड ७१ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै कृषि विकास बैंकको शेयर छ करोड २५ लाख रुपैयाँमा किनबेच भएको छ ।
आइतबार पिपुल्स हाइड्रोपावर कम्पनी र रुरु जलविद्युत कम्पनीको सेयर १० प्रतिशत तथा महालक्ष्मी विकास बैंक र मञ्जुश्री फाइनान्सको सेयर सात प्रतिशतभन्दा धेरैले घटेको छ ।
समग्रमा बजार राताम्मे हुँदा पनि इष्टर्न हाइड्रोपावर कम्पनीको सेयर १० प्रतिशत, ग्लोबल आईएमई ब्यालेन्स फन्डको सेयर साढे नौ प्रतिशत र धौलागिरि लघुवित्तको सेयर आठ प्रतिशतभन्दा धेरैले बढेको छ ।
राताम्मे