
४ पुस २०७९,
झापाको मेचिनगर नगरपालिका–१३ मा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
आइतबार राती साढे ८ बजे ना. ८ ख ३३३६ नम्बरको ट्रकले मे. ७ प १७२७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
ट्रकको ठक्करबाट मोटरसाइकलको पछाडि बसेकी रोङ गाउपालिका–६ इलामकी २३ बर्षीया उषा राई घाइते भएकी थिइन् ।
उनको उपचारको क्रममा बि.एण्ड सि. अस्पताल बिर्तामोडमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
ठक्कर दिने ट्रक र चालक पाँचथर मिक्लाजुङका सुन्दर राज आङदाम्बेलाई इलाका प्रहरी कार्यालय धुलाबारीले नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान गरिरहेको छ ।