नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसंसदीय दलको नेतामा निर्विरोध चयन भएका छन् ।

मङ्गलबार, ५ पुस २०७९,
मंगलबार उपाध्यक्ष विष्णु पौडेलको प्रस्ताव र अर्का उपाध्यक्ष सुवास नेम्वाङको समर्थनमा उनी निर्विरोध चयन भएका हुन ।
संसदीय दलको नेता चुनिएपछि ओलीले सांसदहरूलाई आफ्नो भूमिका प्रभावकारी रूपमा निर्वाह गर्न निर्देशन दिएका छन् ।
संसदलाई अकर्मण्यताबाट बचाउनका लागि एमालेका सांसदहरूले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ छ ।
प्रतिनिधिसभामा एमालेका ७८ जना सांसद छन् ।