Sunday, February 1, 2026
Date
आइत, माघ १९, २०८२
Sun, February 1, 2026
Radio Pariwartan
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Radio Pariwartan
No Result
View All Result
Home राजनीति

माओवादी केन्द्र सरकारमा सहभागि हुँदै, को– को बन्दैछन मन्त्री ?

radio by radio
३ वर्ष अगाडि
in राजनीति
0
माओवादी केन्द्र सरकारमा सहभागि हुँदै, को– को बन्दैछन मन्त्री ?
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

9:20 AM 1/13/2023

You might also like

यी हुन् मन्त्रिपरिषद् बैठकका १९ निर्णयहरु

भारतमा फैलियो जेन-जी आन्दोलन, ४ जनाको मृत्यु, भाजपा कार्यालयसहित धेरै ठाउँमा आगजनी

मन्त्रिपरिषद् विस्तार: पाँच नयाँ मन्त्री नियुक्त, ९ सदस्यीय बन्यो मन्त्रिपरिषद्

प्रदेश १ को सरकारमा नेकपा माओवादी केन्द्र सहभागि हुँदैछ । आलोपालोमा सहमति नभएसम्म सरकारमा नजाने अडान लिएको नेकपा माओवादी केन्द्र प्रदेश १ लाई केन्द्रले सहभागी हुन निर्देशन दिएपछि सरकारमा सहभागी हुने भएको हो । 
 
आज नै नेकपा माओवादी केन्द्रलाई सरकारमा सहभागि गराउने तयारी छ । माओवादी केन्द्रबाट आज दुई जना मन्त्री सरकारमा सहभागि हुने सम्भावना छ । माओवादी केन्द्रले तीन जनालाई पठाउने तयारी गरेको थियो । तर मन्त्रीको नाम छनोट गर्ने विषयमा विवाद भएपछि दुई जनालाई मात्रै पठाउन लागेको हो । नेताहरुका अनुसार माओवादी अध्यक्ष प्रचण्डका ज्वाईं जीवन आचार्यको मन्त्री पद कन्फर्म छ । उनीसँगै आज दुर्गा चापागाई पनि मन्त्री बन्दैछन् । 

माओवादी केन्द्रको प्रदेश १ समितिका पदाधिकारी तथा संसदीय दलका नेतासहित सहभागी बैठकले मन्त्रीको छनौट गर्न प्रदेशका माओवादी इन्चार्ज राम कार्की, संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो र प्रदेश १ अध्यक्ष हर्कबहादुर नेम्वाङ ९मिक्सो० रहेको समिति गठन गरेको थियो । सोही समितिको सिफारिसका आधारमा माओवादीबाट मन्त्री बन्नेछन् । 

माओवादी केन्द्रले प्रदेश १ मा रहेका ९ वटामध्ये ३ मन्त्रालय पाउने सम्भावना छ । माओवादी स्रोतका अनुसार सरकारमा पठाउने नाममा पहिलो नम्बरमा तेह्रथुमका दुर्गाप्रसाद चापागाईँ रहेका छन् । दोस्रो नम्बरमा मोरङका जीवन आचार्य छन् ।

चापागाईँलाई पर्यटन, वन तथा वातावरण मन्त्रालय र आचार्यलाई पूर्वाधार विकास तथा भौतिक योजना मन्त्रालयको जिम्मेवारी पाउने सम्भावना छ । माओवादीले अर्को मन्त्रालय पाएको खण्डमा उक्त मन्त्रालयमा आदिवासी जनजातिबाट उदयपुरका राजेन्द्र किराती वा नारायण बुर्जा मगरलाई पठाउने सम्भावना छ । 

नेकपा एमालेले भने मन्त्रीमण्डलमा माओवादीले पठाएका मन्त्रीसँगै तत्कालका लागि एक जना मन्त्री बनाउने तयारी गरेको छ । सोलुखुम्बुका बुद्धिकुमार राजभण्डारीलाई मन्त्री बनाउने तयारी गरेको हो । नयाँ मन्त्रीहरुको शपथग्रहण आज विहान गरिनेछ । 

यसअघि नै मुख्यमन्त्री हिक्मतकुमार कार्कीले एमालेबाट तिलकुमार मेन्याङ्बो, राप्रपाबाट भक्तिप्रसाद सिटौला र जसपाबाट निर्मला लिम्बूलाई मन्त्री नियुक्त गरेका थिए । नयाँ मन्त्रीहरु नियुक्त भएसँगै मन्त्रालयको भागबण्डा पनि टुंगो लगाउने तयारी रहेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

Previous Post

प्रधानमन्त्री दाहाललाई प्रचण्ड बहुमत

Next Post

धनकुटा सिधुवा बजारमा आगलागी, तीन घर जले 

radio

radio

Related Posts

राजनीति

यी हुन् मन्त्रिपरिषद् बैठकका १९ निर्णयहरु

by radio
प्रवास

भारतमा फैलियो जेन-जी आन्दोलन, ४ जनाको मृत्यु, भाजपा कार्यालयसहित धेरै ठाउँमा आगजनी

by radio
राजनीति

मन्त्रिपरिषद् विस्तार: पाँच नयाँ मन्त्री नियुक्त, ९ सदस्यीय बन्यो मन्त्रिपरिषद्

by radio
राजनीति

हमासले सार्वजनिक गरेको ‘बिदाई तस्वीर’मा नेपाली विपिन जोशी पनि

by radio
राजनीति

असोज १ गते शोक दिवस मनाइने, सरकारले दियो सार्वजनिक बिदा

by radio
Next Post
धनकुटा सिधुवा बजारमा आगलागी, तीन घर जले 

धनकुटा सिधुवा बजारमा आगलागी, तीन घर जले 

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

एसिया कप : पाकिस्तानसँग खेल्दै नेपाल  

एसिया कप : पाकिस्तानसँग खेल्दै नेपाल  

कोलकाताको आरजी कर मेडिकल कलेजको घटनालाई केन्द्र गर्दै महिलाहरूको सुरक्षा गरिनुपर्ने मागमा भाजपा दार्जीलिङ जिल्ला समितिले आज कालेबुङमा प्रतिवाद जुलूस निकाल्यो।

कोलकाताको आरजी कर मेडिकल कलेजको घटनालाई केन्द्र गर्दै महिलाहरूको सुरक्षा गरिनुपर्ने मागमा भाजपा दार्जीलिङ जिल्ला समितिले आज कालेबुङमा प्रतिवाद जुलूस निकाल्यो।

About Us

पो. ब. नं.: १५१, ईटहरी, सुनसरी
फोन नं.: ०२५-५८२१९६
इमेल: info@radiopariwartan.org.np
www.radiopariwartan.org.np

Our Team

  • अध्यक्ष :- सुशिला लम्साल
  • निर्देशक :- सुजता भट्टराई
  • प्रवन्ध संपादक : सबिना गौतम

  • संपादक : अमर खड्का
  • मार्केटिङ् :- शुलव रिजाल
  • रेपोटर: सुबास खत्री
  • टेक्निसियन : शोम खतिवडा

Find us Here

© 2023 Radio Pariwartan All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2023 Radio Pariwartan All Rights Reserved.