Sunday, February 1, 2026
Date
आइत, माघ १९, २०८२
Sun, February 1, 2026
Radio Pariwartan
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Radio Pariwartan
No Result
View All Result
Home राजनीति

सञ्चारमाध्यमलाई संरक्षण र संवर्द्धन गर्ने सरकारको नीति छ : प्रधानमन्त्री दाहाल

radio by radio
३ वर्ष अगाडि
in राजनीति
0
सञ्चारमाध्यमलाई संरक्षण र संवर्द्धन गर्ने सरकारको नीति छ : प्रधानमन्त्री दाहाल
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter
Radio Priwartan 89.4MHZ Ithari – 5 sunasri

१७ माघ २०७९

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सञ्चारमाध्यमलाई राष्ट्रिय सेवामूलक उद्योग सरह मान्यता दिइ संरक्षण र संवद्र्धन गर्ने सरकारको नीति रहेको बताएका छन् ।मंगलवार नेपाल टेलिभिजनको ३८ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन ।
उनले सञ्चारमाध्यमको व्यावसायिक र संस्थागत विकासका लागि राष्ट्रिय सेवामूलक उद्योग सरह मान्यता दिइ संरक्षण र संवद्र्धन गर्ने सरकारको नीति रहेको बताए ।उनले सरकार विचार तथा अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हक र प्रेस स्वतन्त्रताको ग्यारेन्टी गर्न प्रतिबद्ध रहेको उल्लेख गरे । आमसञ्चार माध्यममा सबै वर्ग, क्षेत्र, जाति, भाषा, समुदायको पहुँच बढाउने गरी समावेशी लोकतान्त्रिक सूचना तथा सञ्चार नीति जारी गरिने पनि उनको भनाइ छ ।प्रधानमन्त्री प्रचण्डले सरकार आमसञ्चार प्रशिक्षण प्रतिष्ठान स्थापना गर्न प्रतिबद्ध रहेको बताए । उनले पत्रकार र सञ्चारमाध्यमको पेसागत र भौतिक सुरक्षाको प्रत्याभूति गरिने दाबी समेत गरे । त्यस्तै पत्रकारको स्वास्थ्य तथा दुर्घटना बीमाको व्यवस्था गरिने पनि उनले उल्लेख गरे ।प्रधानमन्त्री प्रचण्डले श्रमजीवी पत्रकारका लागि निर्मित कानुनहरूको प्रभावकारी कार्यान्वयन गरिने र सूचनाको हक प्रदान गर्ने कुरा राज्यको दायित्वको रूपमा स्थापित गरिने बताए ।वर्तमान सरकार सामाजिक न्याय, सुशासन र समृद्धिको प्राथमिकता निर्धारण गरेर अगाडि बढेको उनले जिकिर गरे । लोकतन्त्रको सुदृढीकरण, संविधानको रक्षा, अर्थतन्त्रको सुधार र जनसेवा सरकारको प्रमुख कार्यभार रहेको उल्लेख गर्दै उहाँले सरकारको कार्यभारलाई व्यवस्थितरूपले सम्प्रेषण गर्न आग्रह गरे ।प्रधानमन्त्री प्रचण्डले सूचना तथा समाचार सम्प्रेषणमा नेपाल टेलिभिजनले खेलेको भूमिका महत्त्वपूर्ण रहेको भन्दै प्रशंसा समेत गरे । उनले नेपाल टेलिभिजन सबै समुदायको अपनत्व हुने गरी अगाडि बढेको बताए ।

You might also like

यी हुन् मन्त्रिपरिषद् बैठकका १९ निर्णयहरु

भारतमा फैलियो जेन-जी आन्दोलन, ४ जनाको मृत्यु, भाजपा कार्यालयसहित धेरै ठाउँमा आगजनी

मन्त्रिपरिषद् विस्तार: पाँच नयाँ मन्त्री नियुक्त, ९ सदस्यीय बन्यो मन्त्रिपरिषद्

Previous Post

नेपाल भ्रष्टाचार हुने देशहरूको ११० औँ स्थानमा 

Next Post

स्थानीय तह र प्रदेश सरकारलाई पनि २० प्रतिशत बजेट कटौती गर्न अर्थ मन्त्रालयको अनुरोध

radio

radio

Related Posts

राजनीति

यी हुन् मन्त्रिपरिषद् बैठकका १९ निर्णयहरु

by radio
प्रवास

भारतमा फैलियो जेन-जी आन्दोलन, ४ जनाको मृत्यु, भाजपा कार्यालयसहित धेरै ठाउँमा आगजनी

by radio
राजनीति

मन्त्रिपरिषद् विस्तार: पाँच नयाँ मन्त्री नियुक्त, ९ सदस्यीय बन्यो मन्त्रिपरिषद्

by radio
राजनीति

हमासले सार्वजनिक गरेको ‘बिदाई तस्वीर’मा नेपाली विपिन जोशी पनि

by radio
राजनीति

असोज १ गते शोक दिवस मनाइने, सरकारले दियो सार्वजनिक बिदा

by radio
Next Post
स्थानीय तह र प्रदेश सरकारलाई पनि २० प्रतिशत बजेट कटौती गर्न अर्थ मन्त्रालयको अनुरोध

स्थानीय तह र प्रदेश सरकारलाई पनि २० प्रतिशत बजेट कटौती गर्न अर्थ मन्त्रालयको अनुरोध

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

सुनचाँदीको भन्सार दर ५० प्रतिशत बढाइएकोमा व्यवसायीको असन्तुष्टि

सुनचाँदीको भन्सार दर ५० प्रतिशत बढाइएकोमा व्यवसायीको असन्तुष्टि

वैशाख १५ मा उपनिर्वाचनको घोषणासँगै मतदाता नामावली दर्ता स्थगन

वैशाख १५ मा उपनिर्वाचनको घोषणासँगै मतदाता नामावली दर्ता स्थगन

About Us

पो. ब. नं.: १५१, ईटहरी, सुनसरी
फोन नं.: ०२५-५८२१९६
इमेल: info@radiopariwartan.org.np
www.radiopariwartan.org.np

Our Team

  • अध्यक्ष :- सुशिला लम्साल
  • निर्देशक :- सुजता भट्टराई
  • प्रवन्ध संपादक : सबिना गौतम

  • संपादक : अमर खड्का
  • मार्केटिङ् :- शुलव रिजाल
  • रेपोटर: सुबास खत्री
  • टेक्निसियन : शोम खतिवडा

Find us Here

© 2023 Radio Pariwartan All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2023 Radio Pariwartan All Rights Reserved.