Sunday, February 1, 2026
Date
आइत, माघ १९, २०८२
Sun, February 1, 2026
Radio Pariwartan
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Radio Pariwartan
No Result
View All Result
Home Uncategorized

radio by radio
३ वर्ष अगाडि
in Uncategorized
0
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

के हो चासोक तङ्नाम ?

बिहीबार, २२ मंसिर २०७९,

You might also like

राष्ट्रिय परीक्षा बोर्डले भन्यो कक्षा(१२ को परीक्षा हालसम्म स्थगित गरिएको छैन

प्रहरीलाई देख्नासाथ लागूऔषध फ्याँकी फरार अभियुक्त पक्राउ !

बझाङ केन्द्रबिन्दु भएर ४.३ म्याग्निच्यूडको भूकम्प !बझाङमा भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बेलुका ७ बजेर ३४ मिनेट जाँदा बझाङ जिल्लाको मासदेव आसपास केन्द्रबिन्दु भएर ४.३ म्याग्निच्यूडको भूकम्प गएको

लिम्बू समुदायले महान् चाडको रुपमा मनाउँदै आएको चाड हो चासोक तङ्नाम । चासोक तङ्नाम (न्वागी पूजा) अर्थात् उधौली पूजा पनि भन्ने गरिन्छ । उधौली याममा बालीनाली भित्र्याउने बेलामा यो पर्व सम्पन्न गरिन्छ । चासोक तङ्नामलाई न्वागी पर्व पनि भनिन्छ । चासोक भन्नाले उब्जाइएको नयाँ अन्नबाली चढाउने पूजा हो भने तङ्नाम भनेको पर्व हो ।

लिम्बू भाषामा ‘चासोक’ को अर्थ न्वागी र ‘तङ्नाम’ को अर्थ उत्सव वा चाडपर्व हुन्छ । लिम्बूहरूलाई उनीहरूकै भाषामा याक्थुङ्वा भनेर चिनाउने गरेका छन् । किराँत समुदायअनुसार मानिस, जीवजन्तु तथा चराचुरुङ्गी लेकतिरबाट बेँसीतिर बसाइँ सर्ने समय भएको र अन्नबाली भित्र्याइएको खुसीयालीमा यो पर्व मनाउने गरिन्छ ।

WOW 250*250

लिम्बू जातिको मुन्धुममा उल्लेख भएअनुसार कृषि युग सुरु हुनु अघि लिम्बूका आदिम पुर्खा सावा येत्हाङले कन्दमुल काँचै खाएर जीवनयापन गर्दथे, जसले गर्दा उनीहरु कुपोषण र अनेक रोगव्याधीको शिकार हुन्थे । यी समस्या समधानको विकल्प खोजीमा सर्वशक्तिमान तागेरानिङवाभु माङसँग प्रार्थना गर्दथे । यही प्रार्थनाले गर्दा नै उनीहरूले पेनारमाङदःक (कोदो), परामा (कोदोसँग उम्रने फल्ने), ताक्मारु (घैया), तुम्री (जुनेलो) आदि बीउबिजन तागेरानिवाभु माङले उपलब्ध गराइदिए ।

यसरी धान र अन्नका बीउबिजन पाएपछि लिम्बू जातिको आदिम पुर्खा सावायेहाङका चेली सिबेरा एःक्थुम्माले काठको खन्ती, अङ्कुसे आदिको प्रयोग गरी भस्मे फाँडेर बीउबिजन रोपी छरी अन्न फलाइन् । यसरी छरपोख गरी उब्जाएर खानुभन्दा अगाडि माङहरु (देवीदेवता)लाई चडाउने प्रचलन बसाले, यसैलाई चासोक (न्वागी) पूजा भनियो ।

मनुष्यलाई खेतीपाती सिकाउने देवीका रुपमा येत्हाङका चेला सिबेरा एःक्थुक्मा सिबोरा याभुङगेम्मा हुन् भनी लिम्बू जातिले मान्दछन् । यीनै कथनअनुसार माङहरुलाई अन्नबाली पाकेपछि चढाएर मात्र ग्रहण गर्ने परम्परा रहिआएको पाइन्छ । आफूले लगाएको बालीनाली पाकेपछि माङहरुलाई चढाएपछि खाने र रमाउने चाडको रुपमा लिइएको पाइन्छ । सम्पूर्ण देवीदेवता तथा प्रकृतिको पूजा गर्ने क्रममा तीनराते धार्मिक अनुष्ठान (तङसिङ) पनि गर्ने गरिन्छ ।

आफूले उब्जाएको अन्नबाली देवीदेवतालाई नचढाइ खाएमा धताउने, बौउलाउने, रगत छदाउने, कुन्जे सापे बनाउने, सोला हान्ने, जिउ सुकेर जाने, गाँड निस्कने, आँखा दुखाउने (अन्धो बनाउने), कान दुखाउने (बहिरा बनाउने) जस्ता भयवह रोगव्याधिले दुःख पाइन्ने लिम्बू जातिमा विश्वास रहिआएको छ ।

यतिबेला लिम्बू समुदाय बसोबास रहेको माथिल्लो पहाडी क्षेत्रको बारी नै भरि पैँयु फुलेको छ । यसरी पैँयु फुलेको समयलाई लिम्बूहरूले उधौली याम (दक्षिणायन) सुरु भएको सङ्केतको रुपमा मान्छन् । उधौली सुरु भएपछि माछा, चराचुरुङ्गी दक्षिणतिर लाग्दछ । खास गरेर जाडो छेक्नलाई यसो गरिएको हो भन्ने गरिन्छ ।

यही समयमा हिमाली भागमा हिँउ पर्ने भएकाले उच्च पहाडी भाग तथा हिमाली भेगको खर्कतिर लगिएको गाईगोठ पनि तल बस्तीतिर झारिने गरिन्छ, जसलाई उद्यौली झारिएको भन्ने गरिन्छ । यिनै गाईगोठलाई हिउँदोभरी खेतबारीमा मलजल गराई पुनः वैशाख महिनामा उकालो लगिइन्छ, जसलाई उभौली भन्ने गरिन्छ ।

जुन समयमा खेतबारीमा अन्न लगाउने समय भएको हुन्छ । प्रकृतिक पूजक लिम्बूहरूले यो समयमा पनि आफूले लगाएको अन्नबाली सप्रियोस् भनी देवीदेवतासँग प्रार्थना गर्ने गर्छ । जसलाई यक्वा पूजा (उभौली पूजा) भन्ने गरिन्छ । र यिनै देवीदेवताको आर्शिवादले फलाएको उब्जाएको अन्नबाली चढाउने पूजालाई चासोक भनेर मान्ने गरिन्छ ।

हरेक वर्ष मङ्सिर पूर्णिमाका दिनबाट सुरु हुने चासोक तङ्नाम (न्वागी पूजा) अर्थात् उधौली सुरु भएको छ । चासोक तङ्नामलाई लिम्बूहरूले परिश्रमको फल खाने उपयुक्त समय मानी ‘तागेरा निङ्वा युमालाई’ चडाएर पूजाअर्चना गरी खाने चलन छ । यो पर्व प्रत्येक वर्ष संसारभरी छरिएर रहेका भूमिपुत्र भेला भएर विशेष पूजाअर्चना गरी मनाउने गरेका छन् ।

Previous Post

शिक्षादीप कलेजका विद्यार्थीले देखाए जलबायु परिर्वतनको रिसर्च डकुमेन्ट

Next Post

सर्वाेच्चको अन्तरिम आदेश :महासचिवको पत्र तत्काल कार्यान्वयन नगर्नू

radio

radio

Related Posts

Uncategorized

राष्ट्रिय परीक्षा बोर्डले भन्यो कक्षा(१२ को परीक्षा हालसम्म स्थगित गरिएको छैन

by radio
प्रहरीलाई देख्नासाथ लागूऔषध फ्याँकी फरार अभियुक्त पक्राउ !
Uncategorized

प्रहरीलाई देख्नासाथ लागूऔषध फ्याँकी फरार अभियुक्त पक्राउ !

by Sulav Rijal
Uncategorized

बझाङ केन्द्रबिन्दु भएर ४.३ म्याग्निच्यूडको भूकम्प !बझाङमा भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बेलुका ७ बजेर ३४ मिनेट जाँदा बझाङ जिल्लाको मासदेव आसपास केन्द्रबिन्दु भएर ४.३ म्याग्निच्यूडको भूकम्प गएको

by Sulav Rijal
Uncategorized

गाैरीगञ्ज / ज्ञानाेदय आवासीय माविमा बिज्ञान प्रदर्शनी सम्पन्नश्री ज्ञानोदय आवसीय मा.वि. ले विज्ञान विषय अन्तर्गत कक्षा ८,९ र १० का विधार्थीहरुमा प्रयोगात्मक शिक्षा विज्ञान प्रदर्शनी कार्यक्रम आयोजना गरेको थियो ।

by Sulav Rijal
Uncategorized

मुख्यमन्त्री पीएस गोलेले आज नयाँ दिल्लीमा केन्द्रिय कार्मिक, लोक शिकायत एवं पेन्शन राज्यमन्त्री डा. जितेन्द्र सिंहसँग भेट गरेका छन्। उक्त जानकारी मुख्यमन्त्रीले आज आफ्नो सामाजिक सञ्जाल फेसबुकमा दिएका छन्।मुख्यमन्त्री गोलेले केन्द्रिय राज्यमन्त्री डा. सिंहसँग भएको भेटप्रति खुशी व्यक्त गरेका छन्। यस भेटअवधि राज्यवासीहरूको कल्याणका साथै विभिन्न विषयमाथि चर्चा भएको उनले जानकारी गराएका छन्। मुख्यमन्त्रीले यस भेटलाई दृष्टिकोणहरू साझा गर्ने र विभिन्न गुनासा सम्बोधन गर्ने तरिकाहरू छलफल गर्न बहुमूल्य अवसर बताएका छन्‌‍। समाचार सुलभ रिजाल सुनसरी रेडियो परिबर्तन !

by Sulav Rijal
Next Post
सर्वाेच्चको अन्तरिम आदेश :महासचिवको पत्र तत्काल कार्यान्वयन नगर्नू

सर्वाेच्चको अन्तरिम आदेश :महासचिवको पत्र तत्काल कार्यान्वयन नगर्नू

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

आगामी वर्षको बजेट  १७ खर्ब  ५१ अर्ब 

आगामी वर्षको बजेट  १७ खर्ब  ५१ अर्ब 

राष्ट्रपतिद्वारा रेशम चौधरीसहित ५ सय १ जनाको कैद माफी

राष्ट्रपतिद्वारा रेशम चौधरीसहित ५ सय १ जनाको कैद माफी

About Us

पो. ब. नं.: १५१, ईटहरी, सुनसरी
फोन नं.: ०२५-५८२१९६
इमेल: info@radiopariwartan.org.np
www.radiopariwartan.org.np

Our Team

  • अध्यक्ष :- सुशिला लम्साल
  • निर्देशक :- सुजता भट्टराई
  • प्रवन्ध संपादक : सबिना गौतम

  • संपादक : अमर खड्का
  • मार्केटिङ् :- शुलव रिजाल
  • रेपोटर: सुबास खत्री
  • टेक्निसियन : शोम खतिवडा

Find us Here

© 2023 Radio Pariwartan All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2023 Radio Pariwartan All Rights Reserved.