
सोमबार, २९ फागुन २०७९
नेपालका तेस्रो राष्ट्रपति रामचन्द्र पौडेलले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन् । दिउँसो एक बजे शीतल निवासमा विशेष समारोहमा पौडेलले शपथ ग्रहण गर्न लागेका हुन् । कायम मुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले राष्ट्रपति पौडेललाई शपथ ग्रहण गराउनेछन् ।नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्वसभामुख पौडेल फागुन २५ गते राष्ट्रपति पदमा निर्वाचित भएका थिए ।
नेपालको पहिलो राष्ट्रपति डा। रामवरण यादव र दोस्रो राष्ट्रपति विद्यादेवी भण्डारी हुन् । लगातार दुई कार्यकाल पूरा गरेकी राष्ट्रपति बनेकी भण्डारी आज शितल निवासबाट बुढानीलकण्ठस्थित निजी निवासमा सर्नेछिन् ।
राष्ट्रपति रामचन्द्र पौडेल आजै बोहोराटारस्थित निजी निवासबाट शीतल निवास सर्ने भएका छन् । शपथ ग्रहणपछि उनी शीतल निवासमै रहने राष्ट्रपति कार्यालयले जनाएको छ ।


