
शनिबार, ४ चैत २०७९
जनता समाजवादी पार्टी ९जसपा० का नेता रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएका छन् ।
शुक्रवार भएको चुनावमा यादव बहुमत प्राप्त गर्दै देशको तेस्रो उपराष्ट्रपतिमा निर्वाचित भएका हुन् ।
यादवले ३० हजार तीन सय २८ मतभार प्राप्त गरे । उनले सङ्घीय संसद्तर्फ १४ हजार पाँच सय ३६ र प्रदेश सभातर्फ १५ हजार सात सय ९२ मतभार पाए ।
प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभा गरी कुल मतभार ५२ हजार छ सय २८ रहेको छ । यादवले त्यसको बहुमत अर्थात २६ हजार तीन सय १४ मतभारभन्दा बढी मत ल्याए ।
यादवले नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी नेता ममता झालाई पराजित गरे ।
यादव गएको मङ्सिर ४ गते भएको प्रतिनिधिसभाको चुनावमा बारा निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए ।