
सोमबार, चैत्र २०, २०७९
बैतडीको पञ्चेश्वर गाउँपालिका–५ तिलकपुरमा जिप दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् ।
जिपमा रहेका बाँकी ११ जना घाइते भएका र उनिहरुलाई घटनास्थलबाट अस्पताल लैजाने काम भइरहेको प्रहरी निरिक्षक योगेश खत्रीले जानकारी दिनुभयो । घाइतेको परिचय खुल्न बाँकी छ।
प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीसहित सुरक्षा निकायका प्रमुखहरुको टोली समेत घटनास्थलतर्फ गइरहेको छ ।