
बिहिबार, बैशाख २८
निर्वाचन आयोगले गत आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदन तोकिएको समयसीमा भित्रै पेश गर्ने राजनीतिक दललाई प्रतिवेदन सार्वजनिक गर्न निर्देशन दिएको छ ।
आयोगको बैठकले आर्थिक वर्ष २०७८र८९ को लेखापरीक्षण प्रतिवेदन तोकिएको समयसीमा भित्रै पेश गर्ने ८२ ९ बयासी० राजनीतिक दललाई आयोगमा पेश गरेको लेखापरीक्षण प्रतिवेदन ७ ९ सात० दिनभित्र सम्बन्धित दलको कार्यालय वा वेबसाइट, आमसञ्चार माध्यम, र सामाजिक सञ्जालका माध्यमबाट सार्वजनिक गरी सार्वजनिक गरेको मितिले ७ ९सात० दिनभित्र सोको जानकारी आयोगमा गराउन निर्देशन दिएको छ ।आयोगमा दर्ता कायम रहेका राजनीतिक दलहरूले आर्थिक वर्ष समाप्त भएको छ महिनाभित्र कानुन बमोजिम इजाजत प्राप्त लेखा परीक्षकबाट लेखापरीक्षण गराई एक महिनाभित्र आयोगमा लेखा परीक्षण प्रतिवेदन पेश गर्नुपर्ने कानूनी व्यवस्था रहेको छ ।
आर्थिक वर्ष २०७७ र ७८ र २०७८ र ७९ को लेखापरीक्षण प्रतिवेदन निरन्तर दुई आर्थिक वर्ष सम्म पेश नगर्ने राजनीतिक दल मुस्कान सेना नेपाल पार्टी, शिब सेना नेपाल, आम आदमी पार्टी नेपाल, राष्ट्रिय जनमुखी पार्टी लोकतान्त्रिक र नेपाल कम्युनिष्ट पार्टी लोकतान्त्रिकलाई दुई आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदन कानुन बमोजिम तोकिएको समयावधि भित्र किन पेश नगरेको हो रु लेखापरीक्षण प्रतिवेदन आयोगमा पेश गर्ने कार्य नगरेकोले तपाईँलाई राजनीतिक दलसम्बन्धी ऐन बमोजिम किन कारबाही हुनु नपर्ने हो रु भन्ने ब्यहोराको आफ्नो सफाइ सहितको स्पष्टीकरण राजनीतिक दलसम्बन्धी ऐन बमोजिम ७ ९सात० दिनभित्र पेश गर्न आयोगले निर्देशन दिएको छ ।
यसैगरी गत आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदन तोकिएको समयावधि भित्र पेश नगरी समयावधि व्यतीत भएपछि पेश गर्ने ९ ९नौ० राजनीतिक दल र गत आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदन पेश नगर्ने १६ ९सोह्र० राजनीतिक दललाई गत आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदन कानून बमोजिम तोकिएको समयावधि भित्र किन पेश नगरेको हो रु लेखापरीक्षण प्रतिवेदन आयोगमा पेश गर्ने कार्य नगरेकोले तपाईँलाई राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ५४ को उपदफा ९५० को खण्ड ९ क ० बमोजिम किन कारबाही हुनु नपर्ने हो रु भन्ने ब्यहोराको आफ्नो सफाइ सहितको स्पष्टीकरण सोही ऐनको दफा ५४ को उपदफा ९८० बमोजिम ७ ९ सात० दिनभित्र पेश गर्न निर्देशन दिइएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।