
जेष्ठ ३, २०८०
राष्ट्रिय तथ्यांक कार्यालयले चालु आर्थिक वर्षमा गण्डकी प्रदेशको आर्थिक वृद्धिदर सबैभन्दा बढी हुने प्रारम्भिक अनुमान गरेको छ । राष्ट्रिय तथ्यांक कार्यालयले मंगलबार सार्वजनिक गरेको आर्थिक वर्ष ०७९ र ८० को प्रादेशिक लेखा अनुमान प्रतिवेदनले गण्डकीको आर्थिक वृद्धिदर ३.२६ प्रतिशत हुने प्रक्षेपण गरेको हो ।
चालु आर्थिक वर्षमा वाग्मतीको वृद्धिदर सबैभन्दा कम १।४४ रहने कार्यालयको अनुमान छ । संशोधित अनुमानअनुसार गत आर्थिक वर्षमा गण्डकीको वृद्धिदर सबैभन्दा बढी ६.३५ प्रतिशत थियो ।
गत आर्थिक वर्षको तुलनामा सातै प्रदेशको आर्थिक वृद्धिदरमा संकुचन आउने प्रतिवेदनले देखाएको छ । जसअनुसार चालु आर्थिक वर्षमा कोशीको आर्थिक वृद्धिदर २, मधेसको १.६९, लुम्बिनीको २.०६, कर्णालीको १.९१ र सुदूरपश्चिमको १.७८ प्रतिशत वृद्धि हुने तथ्यांक कार्यालयको प्रक्षेपण छ । गत आर्थिक वर्षमा कार्यालयले वाग्मतीको आर्थिक वृद्धिदर ६।३, कोशीको ५.५, कर्णालीको ५.३, लम्बिनीको ५, मधेशको ४.६ र सुदूरपश्चिमको ४.८ प्रतिशत आर्थिक वृद्धि हुने संशोधित अनुमान गरेको हो ।