
शुक्रबार, ५ जेठ २०८०
झापाबाट भुटानी शरणार्थी नेता टेकनाथ रिजाल पक्राउ परेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानका लागि प्रहरीले झापाबाट रिजाललाई पक्राउ गरेको हो ।जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दानबहादुर कार्कीले पक्राउ गरिएको बताए ।
रिजाललाई बिहीबार झापाबाट काठमाडौं ल्याइएको उनले बताए ।
नक्कली शरणार्थी प्रकरणमा रिजालको भूमिका के हो भन्ने प्रहरीले खुलाएको छैन । रिजालले लामो समयसम्म भुटानी शरणार्थीको नेताका रूपमा काम गरेका थिए ।