Sunday, February 1, 2026
Date
आइत, माघ १९, २०८२
Sun, February 1, 2026
Radio Pariwartan
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Radio Pariwartan
No Result
View All Result
Home खेलकुद

विराट–बर्जु हाफ म्याराथन : पुरुष तर्फ रावल र महिला तर्फ विष्ट प्रथम

radio by radio
३ वर्ष अगाडि
in खेलकुद, समाचार, स्थानीय तह
0
विराट–बर्जु हाफ म्याराथन : पुरुष तर्फ रावल र महिला तर्फ विष्ट प्रथम
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

शनिबार, ६ जेठ २०८०

विराट बर्जु हाफ म्यारनथ प्रतियोगितामा नेपाली सेनाका खेलाडी नरेन्द्रसिंह रावल प्रथम भएका छन् । कोशी प्रदेश सरकार पर्यटन, वन तथा वातावरण मन्त्रालयले आयोजना गरेको विराट–बर्जु हाफ म्याराथन प्रतियोगिताको पुरुष तर्फ नेपाली सेनाका रावल प्रथम भएका हुन् ।महिला तर्फ नेपाल प्रहरीकी रेखा विष्ट प्रथम भएकी छन् ।रावलले विराट राजाको दरबारस्थल विराटनगरको भेडियारीबाट सुनसरीको बर्जु तालसम्मको २३ किलोमिटर दूरी १ घण्टा १७ मिनेट २८ सेकेण्डमा पुरा गरे ।म्याराथनमा नेपाली सेनाका सुशीलकुमार शाही दोस्रो भए । उनले १ घण्टा १८ मिनेटमा दुरी पार गरे । मोहनदेव जोशी तेस्रो बने । उनले उक्त दूरी १ घण्टा १८ मिनेट ३३ सेकेण्डमा पुरा गरेका थिए । नेपाली सेनाका होमलाल श्रेष्ठ चौथो भए । उनले १ घण्टा १९ मिनेट ३९ सेकेण्डमा दुरी पार गरे । नेपाली सेनाकै श्रीकाश राई पाँचौं भए । सशस्त्र प्रहरीका किरणसिंह बोगटीले छैटौं भए । प्रतियोगितामा पुरुषतर्फ प्रथम रावलले १ लाख रुपैयाँ, द्वितीय हुने शाहीले ७५ हजार रुपैयाँ, र तृतीय हुने जोशीले ५० हजार रुपैयाँ पुरस्कार पाएका छन् । पुरुष तर्फको यो प्रतियोगितामा १०१ जनाले प्रतिस्पर्धा गरेका थिए । महिलातर्फको ५ किलोमिटर म्याराथनमा नेपाल प्रहरीकी रेखा विष्ट प्रथम भएकी छिन् । उनले १९ मिनेट ४ सेकेण्डमा निर्धारित दूरी पार गरिन् । सशस्त्र प्रहरीकी सिमा थारु चौधरी दोस्रो भइन् । उनले उक्त दूरी पार गर्न १९ मिनेट ११ सेकेण्ड लगाइन् ।नेपाल प्रहरीकी तिर्सना कुमाल तेस्रो भइन् । विराटनगरकी अंशु मण्डलले चौथो स्थान प्राप्त गरिन् । प्रतियोगिताकी प्रथम खेलाडी रेखा विष्टले २५ हजार, द्वितीय हुने चौधरीले २० हजार र तृतीय कुमालले १५ हजार रुपैयाँ राशीको पुरस्कार प्राप्त गरेकी छिन् । प्रतियोगितामा २९ जना महिला सहभागी थिए । विजयी धावकलाई कोशी प्रदेश पर्यटन, वन तथा वातावरण मन्त्री जीवन आचार्यले पुरस्कार प्रदान गरे । खेलकुद पर्यटनको माध्यमबाट कोशी प्रदेशको राजधानी वरपरका दुई ऐतिहासिक पर्यटकीय क्षेत्रको प्रवर्धन गर्ने उद्देश्यले खुला हाफ म्याराथन प्रतियोगिता आयोजना गरिएको उनले बताए ।

You might also like

एनपिएल उद्घाटनमा जनकपुरविरूद्ध काठमाडौंले टस जित्यो

त्रिविले सार्वजनिक गर्‍यो ३ महिनाभित्र नतिजा प्रकाशन गर्ने क्यालेन्डर, कुन तहको परीक्षा कहिले?

छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

Previous Post

२०८० को दशकलाई ‘नेपाल भ्रमण दशक’ मनाउने घोषणा

Next Post

एभरेष्ट बैंक इटहरी शाखाबाट बचतकर्ताको डेढ करोड चोरी,  बैंकका प्रबन्धकसहित नौं जना पक्राउ

radio

radio

Related Posts

खेलकुद

एनपिएल उद्घाटनमा जनकपुरविरूद्ध काठमाडौंले टस जित्यो

by radio
शिक्षा

त्रिविले सार्वजनिक गर्‍यो ३ महिनाभित्र नतिजा प्रकाशन गर्ने क्यालेन्डर, कुन तहको परीक्षा कहिले?

by radio
विविध

छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

by radio
जीवन शैली

शनिबार र आइतबार मनसुनी वायु बढी सक्रिय, सोमबारदेखि सुधार

by radio
राजनीति

यी हुन् मन्त्रिपरिषद् बैठकका १९ निर्णयहरु

by radio
Next Post
एभरेष्ट बैंक इटहरी शाखाबाट बचतकर्ताको डेढ करोड चोरी,  बैंकका प्रबन्धकसहित नौं जना पक्राउ

एभरेष्ट बैंक इटहरी शाखाबाट बचतकर्ताको डेढ करोड चोरी,  बैंकका प्रबन्धकसहित नौं जना पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

भारतमा फैलियो जेन-जी आन्दोलन, ४ जनाको मृत्यु, भाजपा कार्यालयसहित धेरै ठाउँमा आगजनी

सिमेन्ट बोकेको ट्रकले मोटरसाईकललाई ठक्कर दिँदा २५ वर्षीय युवकको मृत्यु!

सिमेन्ट बोकेको ट्रकले मोटरसाईकललाई ठक्कर दिँदा २५ वर्षीय युवकको मृत्यु!

About Us

पो. ब. नं.: १५१, ईटहरी, सुनसरी
फोन नं.: ०२५-५८२१९६
इमेल: info@radiopariwartan.org.np
www.radiopariwartan.org.np

Our Team

  • अध्यक्ष :- सुशिला लम्साल
  • निर्देशक :- सुजता भट्टराई
  • प्रवन्ध संपादक : सबिना गौतम

  • संपादक : अमर खड्का
  • मार्केटिङ् :- शुलव रिजाल
  • रेपोटर: सुबास खत्री
  • टेक्निसियन : शोम खतिवडा

Find us Here

© 2023 Radio Pariwartan All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2023 Radio Pariwartan All Rights Reserved.