
बुधबार, साउन ०३, २०८०
एसीसी पुरुष इमर्जिङ टिम्स कप क्रिकेटमा नेपालले सान्त्वना जित हात पारेको छ । समूह चरणको अन्तिम खेलमा नेपालले युएई ‘ए’ लाई ३ विकेटले हराएको हो । श्रीलङ्काको कोलम्बोमा टस जितेर ब्याटिङ गरेको युएई ुएुले दिएको १५८ रनको लक्ष्य नेपालले २३ औँ ओभरमा ७ विकेट गुमाएर भेट्टाएको हो । नेपालका कुशल भुर्तेलले सर्वाधिक ७१ रन बनाउनुभयो । उहाँले ४३ बलमा ९ चौका र ४ छक्का प्रहार गर्नुभयो । यस्तै, देव खनाल र सन्दीप जोराले २४र२४ रन बनाउनुभयो । युएईले ४४ ओभरमा अल आउट हुँदै १५७ रन बनाएको थियो । यूएईका लभप्रीत सिंहले सर्वाधिक ५२ रन बनाउनुभयो । नेपालका कुशल भुर्तेलले छ विकेट लिनुभयो । उहाँले १० ओभरमा ४० रन खर्चँदै ६ विकेट लिनुभयो । यस्तै मौसम ढकालले २ तथा कुशल मल्ल र पवन सर्राफले १र१ विकेट लिनुभयो । नेपाल यसअघि भारत ‘ए’ र पाकिस्तान ‘ए’ सँग पराजित भएसँगै प्रतियोगिताको समूह चरणबाटै बाहिरिएको छ ।