Sunday, February 1, 2026
Date
आइत, माघ १९, २०८२
Sun, February 1, 2026
Radio Pariwartan
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Radio Pariwartan
No Result
View All Result
Home जीवन शैली

इटहरी २ मा सञ्चालनमा रहेको माया घर नेपालको सुविधा सम्पन्न भवनको शुभारम्भ

radio by radio
२ वर्ष अगाडि
in जीवन शैली, समाचार, स्थानीय तह
0
इटहरी २ मा सञ्चालनमा रहेको माया घर नेपालको सुविधा सम्पन्न भवनको शुभारम्भ
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

मङ्गलबार, ९ असोज २०८०

मानव सेवामा समर्पित माया घर नेपालको सुविधा सम्पन्न भवन निर्माण हुने भएको छ । इटहरी २ मा सञ्चालनमा रहेको माया घर नेपालको सुविधा सम्पन्न भवनको पहिलो चरणको कार्य शुभारम्भ भएको छ । असोज ४ गते एक कार्यक्रम बीच भवनको शुभारम्भ गरिएको छ । भौतिक पूर्वाधार मन्त्रालय कोशी प्रदेश मार्फत शहरी विकास तथा भवन कार्यालयले सुविधा सम्पन्न भवनको लागि एक करोड रुपैयाँको ठेक्का लगाएको छ । जसबाट भवनको जग र एक तला ढलाईको कार्य सम्पन्न हुने सो सो कार्यालयका इन्जिनियर विनेश माझीले बताए । सो भवनमा ६ वटा कोठा, सभा हल, कार्यालय लगायत तयार हुने छ ।
त्यस बाहेक एक तला भवन निर्माण सम्पन्न हुन थप एक करोड रुपैयाँ लाग्ने माया घर नेपालले जनाएको छ । झण्डै पाँच हजार स्वाइर फूटको पहिलो तला सम्पन्न गर्न माया घर नेपालले एक व्यक्ती एक इटा अभियान शूरु गरेको छ । सो अभियान अन्तरगत २०८० साल भित्रमा एक करोड रुपैयाँ संकलन गरी भवन निर्माणको एक तला सम्पन्न गर्ने लक्ष्य रहेको माया घर नेपालका अध्यक्ष शुभद्रा प्याकुरेलले बताइन् । २०७४ सालमा स्थापना भएको माया घर नेपालको लागि स्थानीय स्वर्गीय टिकाप्रसाद सुवेदीको परिवारबाट एक कठ्ठा, इटहरी २ कै बद्रीप्रसाद सुवेदीबाट एक कठ्ठा एक धुर जग्गा प्राप्त भएको संस्थाले जनाएको छ ।
यस्तै इटहरी २ कै बाबुराम सुवेदीको परिवारबाट १० धुर, संस्थाकी अध्यक्ष शुभद्रा प्याकुरेलले ९क्लिन नेपालको नाममा रहेको० दश धुर, पशुपति सुवेदीबाट ५ धुर, शिव खतिवडाबाट २ धुर, संस्थापक उपाध्यक्ष अञ्जु आचार्य, केदारप्रसाद सुवेदी, जगन सुवेदी, रमेश दाहाल, बाबुराम दाहाल, रमेश कोइराला, धरानका ज्योति मिश्र, शिवकुमारी खनाल र इटहरीका टिकाराम घिमिरेले एक÷एक धुर जग्गा प्रदान गरेका थिए । बाँकी जग्गा संस्थाले अन्य श्रोतबाट खरिद गरेको थियो । संस्थासँग झण्डै साडे सात कठ्ठा जमिन रहेको छ त्यस मध्ये ५ कठ्ठा ५ धुर को कित्तामा सुविधा समम्पन्न भवन बन्न लागेको हो । सो भवनको तत्कालिन महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले गत माघ महिलनामा शिलान्यास गरेकी थिइन् । सो भवन निर्माणको लागि माटो परिक्षण सहित चार तलाको डिपिआर तयार भएको छ । भवनको सम्पूर्ण कार्य सम्पन्न गर्न ६ करोड रुपैयाँ लाग्ने प्राविधिक स्टमेमेट आएको माया घर नेपाल स्थापनादेखिनै पूर्वाधार तथा प्रशासन सम्वन्धी सहजिकरण गर्दै आएका बाबुराम सुवेदीले बताए । उनका अनुसार थप एक करोड रुपैयाँ संकलन गरेर २०८० साल भित्रमा एक तला भवन निर्माण गर्ने संस्थाको लक्ष्य रहेको छ । भवन सँगै अष्टचिरिञ्जीवीको मन्दिर गरिने सुवेदीले बताए । माया घर नेपालमा जन्मदिन मनाउनेको संख्या बाक्लिन थालेको छ । साथै आफन्तको स्मृतिमा खाना खुवाउने र विभिन्न सामाग्री उपलब्ध हुनुनै यहाँको मुख्य श्रोत हो ।
इटहरीका सक्रिय महिलाको प्रयासमा स्थापना भएको माया घर नेपालको भवन शुभारम्भ कार्यक्रममा शहरी विकास तथा भवन विभागका इन्जीनियर विनेश माझी, प्रमोद मण्डल, निर्माणको जिम्मा पाएको पाथिभरा कन्ट्रक्सन प्रा।लिका जिवनकुमार न्यौपानेसहित संस्थाका संस्थापक एवम् कार्य समितिका पदाधिकारी, जग्गादाताहरुको उपस्थिती रहेको थियो । सो अवसरमा ठेकेदार कम्पनीका न्यौपानेले मापदण्ड अनुसार समयमै लिएको जिम्मेवारी पुरा गर्ने बताए । मानसिक स्वास्थ्यमा समस्या भएका तथा पारिवारिक समस्याका कारण घर परिवार छाडी, सडक मा पुगेका र समाजबाटै अपहेलित भएका एवम् हिंसा पिडितहरुको उद्धार तथा पुनस्थापनाको लागि माया घर नेपाल स्थापना गरिएको हो । भागवत मञ्जरी राधिका दासी, सहित इटहरीका विभिन्न क्षेत्रका महिलाहरुको अगुवाईमा २०७४ मा माया घर नेपाल स्थापना भएको हो । २०७४मा श्रीमद् भागवत् ज्ञान महायज्ञ आयोजना गरी संस्थाको आर्थिक व्यवस्थापन गरिएको थियो भने दोस्रो पटक आयोजना गरिएको सप्ताहबाट आक्षयकोषको स्थापना गरिएको थियो । दुवै पुराण संस्थापक अध्यक्ष एवम् संरक्षक राधिका दासीले वाचन गर्नु भएको थियो । भवन शुभारम्भका अवसरमा ठेकेदार न्यौपानले ५१ हजार रुपैयाँ बराबरको जिन्सी सहयोग गर्ने प्रतिवद्धता जनाए । यस्तै बाबुराम सुवेदी तथा संस्थाका अध्यक्ष शुभद्रा प्याकुरेल सवेदीले स्वर्गीैय छोरा रेवन्त सुवेदीको स्मृतिमा ५१ हजार र कोषाध्यक्ष लक्ष्मी गौतमले एक ट्याक्टर इटा प्रदान गर्ने घोषणा गरे । अन्य सहभागीहरुले पनि सहयोग गर्ने प्रतिवद्धता जनाए । संस्थामा हाल १ सय ३० जनाले आश्रय दिइरहनु भएको छ । संस्था स्थापना भएदेखि ४ हजार भन्दा बढीले पुनस्थापना गरिएको संस्थाकी अध्यक्ष शुभद्रा प्याकुरेलले बताइन् । दैनिक रुपमा मानसिक रोगको औषधी खुवाउनु पर्ने आश्रितको संख्या ८० प्रतिशत रहेको संस्थाले जनाएको छ । संस्थाको दिगो व्यवस्थानको लागि २२ लाख रुपैयाँ अक्षयकोष समेत खडा गरेको छ । साथै एक टा अभियान अन्तरगत भवन निर्माणमा समेत सहयोग जुटीरहेको जनाइएको छ । पछिल्लो समय सडक मानव व्यवस्थापका लागि कोशी प्रदेशका केही स्थानीय तहले समेत मायाघरसँग सहकार्य गर्न थालेका छन् । हाल लाइन्स क्लबले निर्माण गरेका दुई वटा टिनको छाना भएका भवन र संस्थालेनै निर्माण गरेको एक गरी तीनवटा भवनबाट आश्रितलाई सेवा दिदै आएको छ ।

You might also like

त्रिविले सार्वजनिक गर्‍यो ३ महिनाभित्र नतिजा प्रकाशन गर्ने क्यालेन्डर, कुन तहको परीक्षा कहिले?

छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

शनिबार र आइतबार मनसुनी वायु बढी सक्रिय, सोमबारदेखि सुधार

Previous Post

१९औँ एसियाली खेलकुद : महिला फुटबलमा नेपालले आज जापानसित खेल्ने

Next Post

टी-ट्वान्टी क्रिकेटमा नेपालद्वारा चार विश्व कीर्तिमान

radio

radio

Related Posts

शिक्षा

त्रिविले सार्वजनिक गर्‍यो ३ महिनाभित्र नतिजा प्रकाशन गर्ने क्यालेन्डर, कुन तहको परीक्षा कहिले?

by radio
विविध

छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

by radio
जीवन शैली

शनिबार र आइतबार मनसुनी वायु बढी सक्रिय, सोमबारदेखि सुधार

by radio
राजनीति

यी हुन् मन्त्रिपरिषद् बैठकका १९ निर्णयहरु

by radio
प्रवास

भारतमा फैलियो जेन-जी आन्दोलन, ४ जनाको मृत्यु, भाजपा कार्यालयसहित धेरै ठाउँमा आगजनी

by radio
Next Post
टी-ट्वान्टी क्रिकेटमा नेपालद्वारा चार विश्व कीर्तिमान

टी-ट्वान्टी क्रिकेटमा नेपालद्वारा चार विश्व कीर्तिमान

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

लायन नरनाथ सपकोटा पि।एम।जे।एफ को स्मृतिमा वृहत रक्तदान कार्यक्रम सम्पन्न

लायन नरनाथ सपकोटा पि।एम।जे।एफ को स्मृतिमा वृहत रक्तदान कार्यक्रम सम्पन्न

रवि लामिछानेले लिए पुनः नेपाली नागरिकता

रवि लामिछानेले लिए पुनः नेपाली नागरिकता

About Us

पो. ब. नं.: १५१, ईटहरी, सुनसरी
फोन नं.: ०२५-५८२१९६
इमेल: info@radiopariwartan.org.np
www.radiopariwartan.org.np

Our Team

  • अध्यक्ष :- सुशिला लम्साल
  • निर्देशक :- सुजता भट्टराई
  • प्रवन्ध संपादक : सबिना गौतम

  • संपादक : अमर खड्का
  • मार्केटिङ् :- शुलव रिजाल
  • रेपोटर: सुबास खत्री
  • टेक्निसियन : शोम खतिवडा

Find us Here

© 2023 Radio Pariwartan All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2023 Radio Pariwartan All Rights Reserved.