Sunday, February 1, 2026
Date
आइत, माघ १९, २०८२
Sun, February 1, 2026
Radio Pariwartan
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Radio Pariwartan
No Result
View All Result
Home शिक्षा

६७ जना विद्यार्थीलाई छात्रवृत्ति रकम वितरण

radio by radio
२ वर्ष अगाडि
in शिक्षा, समाचार, स्थानीय तह
0
६७ जना विद्यार्थीलाई छात्रवृत्ति रकम वितरण
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter


बुधबार, १३ मंसिर २०८०

इटहरी, मंसिर १३ । इटहरी वडा नं. १ मा सञ्चालित राष्ट्रिय माध्यमिक विद्यालयले बुधबार ६७ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको छ । विद्यालयको ६८ औं वार्षिकोत्सवको अवसरमा बालविकासदेखि कक्षा १२ सम्म अध्ययन गर्ने विद्यार्थीलाई दाताले स्थापना गरेको १८ लाख ५८ हजार ८६० रुपैयाँको ब्याजबाट प्राप्त ९८ हजार २७३ रुपैयाको छात्रवृत्ति रकम वितरण गरिएको हो ।
विद्यालयले इटहरी उपमहानगरपालिका नगरप्रमुख हेमकर्ण पौडेलका वाबु–आमा शेरबहादुर पौडेल र रेनुका पौडेलले स्थापना गरेको स्वर्गीय होमनाथ पौडेल स्मृति अक्षयकोषबाट दुई जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरियो । यस्तै, नारायणप्रसाद खनाल र केशवकुमारी खनालद्दारा स्थापना गरिएको स्वर्गीय समीक्षा खनाल स्मृति अक्षयकोषबाट एक जनालाई प्रदान गरियो । इटहरी वडा नं. १ कै हरिहर चौधरी र भुन्टीदेवी चौधरीद्दारा स्थापना गरिएको स्वर्गीय प्रमोद चौधरी स्मृति अक्षयकोषबाट दुई जनालाई छात्रवृत्ति रकम प्रदान गरियो ।
विद्यालयका शिक्षक लोकबहादुर भण्डारी र उहाँकी श्रीमती रञ्जु भण्डारीद्दारा स्थापना गरिएको स्वर्गीय होमबहादुर भण्डारी स्मृति अक्षयकोषबाट तीन जनालाई छात्रवृत्ति रकम प्रदान गरियो । विद्यालयका प्रधानाध्यापक सरनकुमार बस्नेत र शिक्षिका बन्दना दाहालले स्थापना गरेको स्वर्गीय जगन्नाथ, द्रौपदादेवी, वैद्यनाथ स्मृति अक्षयकोषबाट दुई जनालाई प्रदान गरियो । यसैगरी, स्वर्गीय लोकेन्द्रप्रसाद अधिकारी र दुर्गादेवी अधिकारीले स्थापना गरेको स्वर्गीय जमुनादेवी अधिकारी स्मृति अक्षयकोषमार्फत तीन जनालाई छात्रवृत्ति प्रदान गरियो ।
वर्षेनी अक्षयकोष स्थापना गर्ने दाताको सङ्ख्या बढीरहदा पद्मादेवी खनालले स्थापना गरेको स्वर्गीय नैनकला, हेमसागर, बसुन्धरा स्मृति अक्षयकोषबाट बालविकासमा पहिलो भर्ना हुने रोमन निरौलालाई ५१० रुपैयाँ छात्रवृत्ति प्रदान गरियो । इटहरी वडा नं. २ निवासी विद्यालय परिसरमा सरस्वती मन्दिर स्थापना गर्ने दाता बद्रीप्रसाद बजगार्ई र बबिता बजगाईंले स्थापना गरेको स्वर्गीय उमानाथ बजगाई स्मृति अक्षयकोषमार्फत चार जनालाई छात्रवृत्ति प्रदान गरियो ।

You might also like

त्रिविले सार्वजनिक गर्‍यो ३ महिनाभित्र नतिजा प्रकाशन गर्ने क्यालेन्डर, कुन तहको परीक्षा कहिले?

छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

शनिबार र आइतबार मनसुनी वायु बढी सक्रिय, सोमबारदेखि सुधार


विद्यालयमा छात्रवृत्ति वितरणका लागि २३ वटा अक्षयकोष स्थापना गरिएकोमा खेमराज पोखरेल, नम्रता पोखरेल र निश्चल पोखरेलले स्थापना गरेको स्वर्गीय फडिन्द्रप्रसाद स्मृति अक्षयकोषमार्फत दुई जनालाई छात्रवृत्ति प्रदान गरियो । यस्तै, इटहरी वडा नं. १ कै प्रल्लाद दाहाल र बालकुमारी दाहालद्दारा स्थापना गरिएको स्वर्गीय रोमणीप्रसाद–शान्ता दाहाल अक्षयकोषमार्फत एक जना सीमान्तकृत विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरियो । यस्तै, डम्बरबहादुर कटु्वालले स्थापना गरेको स्वर्गीय चन्द्रबहादुर कटुवाल स्मृति अक्षयकोषमार्फत पाँच जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको छ । सो क्रममा विद्यालयमा सवैभन्दा बढी उपस्थित हुने दुई जना छात्रा र तिनका अभिभावकलाई सम्मान पनि गरिएको छ ।
पूर्व विद्यार्थीले स्थापना गरेको कोषमार्फत एसइइ उत्र्तीण गरि कक्षा ११ मा अध्ययन गर्न अत्यन्त कठिनाई भएकी पुष्पा चौधरीलाई १५ हजार रुपैयाँ छात्रवृत्ति रकम प्रदान गरिएके छ । पूर्व विद्यार्थी समूहमा सम्पत चौधरीको पहलमा अहिलेसम्म ३२ जनाले अक्षयकोषमा झन्डै दुई लाख रुपैयाँ जम्मा गरि सकेका छन् ।
विद्यालयमा लामो समय शिक्षण गरि रिटायर्ड भएकी शिक्षिका तृप्ता मगरद्दारा स्थापना गरिएको तृप्ता मगर अपाङ् छात्रवृत्ति कोषमार्फत दुुई जनालाई छात्रवृत्ति प्रदान गरियो । यस्तै, इन्द्रबहादुर न्यौपाने र खडगकुमारी न्यौपानेले स्थापना गरेको अन्नतदेवी न्यौपाने स्मृति अक्षयकोषको रकमबाट अपाङ्ग छात्रालाई छात्रवृत्ति रकम प्रदान गरियो ।
यसैक्रममा यादवप्रसाद पराजुली र सावित्री पराजुलीले स्थापना गरेको जुनियर रेडक्रस युवा प्रोत्साहन छात्रवृत्ति कोषमार्फत दुई जनालाई प्रदान गरियो । यस्तै, इन्द्रबहादुर आचार्य खत्रीले स्थापना गरेको स्वर्गीय जगनाथ, देवीमाया र भिष्मराज आचार्य स्मृति अक्षयकोषमार्फत तीन जनालाई छात्रवृत्ति रकम प्रदान गरियो ।
वार्षिकोत्सवका क्रममा खेमनाथ निरौलाले स्थापना गरेको अवच्छरा, महानन्द, बसुन्धरा निरौला स्मृति अक्षयकोषमार्फत चार जनालाई छात्रवृत्ति प्रदान गरियो । सो क्रममा विदुर अधिकारीले स्थापना गरेको विष्णुप्रसाद अयोध्यादेवी अधिकारी स्मृति अक्षयकोषमार्फत छ जनालाई छात्रवृत्ति रकम प्रदान गरियो ।
यस्तै, दुर्गाप्रसाद रुकमीण ढकाल स्मृति माध्यमिक छात्रवृत्तिबाट पाँच जनालाई छात्रवृत्ति प्रदान गरियो । कार्यक्रममा घनश्याम श्रेष्ठ र कुलप्रसाद श्रेष्ठले स्थापना गरेको सुरेन श्रेष्ठ स्मृति छात्रवृत्ति दुई जना विद्यार्थीलाई छात्रवृत्ति रकम प्रदान गरियो । यस्तै, नरदेवी श्रेष्ठ र स्वर्गीय रामप्रसाद श्रेष्ठले स्थापना गरेको इन्द्रवीर पद्मकुमारी श्रेष्ठ स्मृति कोषमार्फत चार जनालाई छात्रवृत्ति रकम प्रदान गरियो । समरबहादुर कार्कीले स्थापना गरेको हवाल्दार नरबहादुर कार्की स्मृति अक्षयकोषबाट दुई जनालाई नै प्रदान गरियो ।
कार्यक्रममा अक्षयकोष स्थापना गर्नेमध्ये १६ जनालाई सम्मान गरियो । यस्तै, पाँच जना शिक्षक–कर्मचारीलाई नगदसहित सम्मान गरियो । जसमा सहायक प्रधानाध्यापक लक्ष्मीप्रसाद सुवेदी, रोमु कार्की, सचिन खत्री, पार्वती सिलवाल, भूपराज पुरी र कर्मचारी विष्णुकुमारी तामाङ्लाई नगदसहित सम्मान गरिएको हो । वार्षिकोत्सवमा इटहरी उपमहानगरपालिका शिक्षा शाखाका प्रमुख फाल्गुनी काफ्लेलाई पनि सम्मान गरियो ।
वार्षिकत्सवको अवसरमा आर्थिक वर्ष २०७९÷०८० को वार्षिक आय–व्यय विद्यालयका प्रधानाध्यापक सरनकुमार बस्नेतले गरे । जसमा आन्तरिक र बाह्य गरि वार्षिक आम्दानी पाँच करोड ६२ लाख ९५ हजार ६८६ रुपैयाँ र सञ्चालन खर्च पाँच करोड ५७ लाख सात हजार ५६८ रुपैयाँ प्रस्तुत गरिएको थियो ।

वार्षिकोत्सवको अवसरमा साताव्यापी खेलकुद प्रतियोगिता भएको थियो । खेलकुदका विभिन्न विधामा उत्कृष्ट ३०० जनालाई पुरस्कार प्रदान गरियो । विभिन्न विधामा उत्कृष्ट हुने विद्यार्थीलाई इटहरी उपमहानगरपालिका उपप्रमुख संगीताकुमारी चौधरीले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेकी थिइन् । यही क्रममा शिक्षक र अभिभावकबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता पनि भएको थियो । विद्यालयमा बालविकासदेखि कक्षा १२ सम्म पढाई हुने गरेकोमा कुल एक हजार ७९८ जना विद्यार्थी अध्ययनरत छन् । विद्यालयको वार्षिकोत्सव विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चित्रबहादुर कार्कीको अध्यक्षताा भएको थियो ।

Previous Post

इटहरी १६ का वडा अध्यक्ष तेजनारायण चौधरीलाई पितृ शोक

Next Post

नेपाली चार खेलाडीलाई चेसमा सफलता

radio

radio

Related Posts

शिक्षा

त्रिविले सार्वजनिक गर्‍यो ३ महिनाभित्र नतिजा प्रकाशन गर्ने क्यालेन्डर, कुन तहको परीक्षा कहिले?

by radio
विविध

छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

by radio
जीवन शैली

शनिबार र आइतबार मनसुनी वायु बढी सक्रिय, सोमबारदेखि सुधार

by radio
राजनीति

यी हुन् मन्त्रिपरिषद् बैठकका १९ निर्णयहरु

by radio
प्रवास

भारतमा फैलियो जेन-जी आन्दोलन, ४ जनाको मृत्यु, भाजपा कार्यालयसहित धेरै ठाउँमा आगजनी

by radio
Next Post

नेपाली चार खेलाडीलाई चेसमा सफलता

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

एमालेले फेरी ल्यायो कार्यक्रम सञ्चालन शैली सच्याउने प्रस्ताव !

एमालेले फेरी ल्यायो कार्यक्रम सञ्चालन शैली सच्याउने प्रस्ताव !

पोखरा विमान दुर्घटना : शव काठमाडौं पठाइँदै

पोखरा विमान दुर्घटना : शव काठमाडौं पठाइँदै

About Us

पो. ब. नं.: १५१, ईटहरी, सुनसरी
फोन नं.: ०२५-५८२१९६
इमेल: info@radiopariwartan.org.np
www.radiopariwartan.org.np

Our Team

  • अध्यक्ष :- सुशिला लम्साल
  • निर्देशक :- सुजता भट्टराई
  • प्रवन्ध संपादक : सबिना गौतम

  • संपादक : अमर खड्का
  • मार्केटिङ् :- शुलव रिजाल
  • रेपोटर: सुबास खत्री
  • टेक्निसियन : शोम खतिवडा

Find us Here

© 2023 Radio Pariwartan All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2023 Radio Pariwartan All Rights Reserved.