
शुक्रबार, १३ पुस २०८०
रोजगार अनुमति प्रणाली ९ईपीएस० परीक्षाको विषयलाई लिएर प्रदर्शनमा उत्रिएका युवाहरूको समूहले मन्त्रीको गाडीमा आगजनी गरेको छ ।ललितपुरको बालकुमारीमा मन्त्री चढ्ने बा २ झ ५८६१ नम्बरको गाडीमा आगजनी गरेका हुन् ।सो गाडीमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले प्रयोग गरेका थिए । मन्त्री र पीएसओलाई गाडीबाट बाहिर निकालेर प्रदर्शनकारीले गाडीमा आगो लगाएका हुन् ।ललितपुर प्रहरी प्रमुख एसएसपी सिद्धिविक्रम शाहले गाडीमा आगो लगाएको बताए ।परीक्षा विवादका कारण युवाहरुले सडक पनि अबरुद्ध पारेका छन् ।ईपीएस कोरिया शाखाले सिपबिल्डिङमा आवेदन दिएकामध्ये १८ जनाले मात्रै कोरिया भाषा परीक्षामा भाग लिन पाउने बताएपछि बाँकीले आन्दोलन थालेका हुन् ।सिपबिल्डिङमा परीक्षा दिएकाहरुले कोरिया भाषा परीक्षामा भाग लिन नपाउने भनेपछि १८ जनाले पाटन उच्च अदालतमा मुद्दा हालेका थिए ।अदालतले पनि भाषा परीक्षामा भाग लिन फर्म भर्न दिनू भनेर आदेश दिएको थियो । तर, शाखाले भने मुद्दा हालेका १८ जनालाई मात्रै भाषा परीक्षामा सहभागी हुन दिएपछि अन्य आक्रोशित भएका थिए ।