
शनिबार, ६ माघ २०८०,
स्थानीय तह संस्थागत क्षमता स्वमुल्यांकन९लिजा०मा इटहरी उपमहानगरपालिका काठमाडौ महानगरपालिका र धरान उपमहानगरपालिका भन्दा उत्कृष्ट अंक प्राप्त गरेको छ ।संघीय सरकारद्वारा आगामी आर्थिक बर्षको बजेट निर्माण प्रक्रियामा स्थानीय तहलाई विनियोजन गर्ने शसर्त र निशर्त अनुदान बाँडफाँड गर्न हरेक बर्ष गरिने स्थानीय तह संस्थागत क्षमता स्वमुल्यांकन९लिजा०मा इटहरीले औषत ८१।२५५ अंक हाँसिल गर्दा काठमाडौं महानगरपालिकाले ७८।५०५ अंक प्राप्त गरेको छ भने धरान उपमहानगरपालिकाले ७१।५०५ अंक प्राप्त गरेको छ ।गत बर्ष पनि उत्कृष्ट र प्रभावकारी कार्य सम्पादन गर्दै इटहरी उपमहानगरले उत्कृष्ट अंक हाँसिल गरेको थियो । मुल्यांकनका विभिन्न १० वटा विषयक्षेत्रमा इटहरी उपमहानगरले आफ्नो कार्यसम्पादनमा सुधार गर्दै अंक बढाएको छ ।



