
९ फागुन २०८०,
आईसीसी क्रिकेट वर्ल्डकप लिग २ मा नेपाल नामिबियासँग दोस्रो खेलमा दुई विकेटले पराजित भएको छ ।त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा नेपालले दिएको १६९ रनको लक्ष्य नामिबियाले ४० ओभरमा ८ विकेट गुमाएर भेट्टायो ।यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ३७।१ ओभरमा सबै विकेट गुमाएर १६८ रन बनाएको थियो । सिरिजको पहिलो खेलमा पनि नेपाल, नामिबियासँग पराजित भएको थियो । दोस्रो खेलमा नेदरल्याण्ड्सलाई हराएको थियो ।