
२६ फागुन २०८०,
सुनसरीको इटहरी २० तरहरामा १० किलोमिटर दौड प्रतियोगितामा विभिन्न स्थानबाट आएका एक हजार सात सय धावक दौड प्रतियोगितामा सहभागी भएका छन् । प्रतियोगिता विभिन्न सात विधामा आयोजना गरिएको थियो । विधागततर्फका विजेताहरूलाई पुरस्कृत गरिएको छ । १६ देखि ३९ वर्ष उमेर समूहका धावकहरूले सबैभन्दा छिटो १० किलोमिटर दूरी पार गरेर प्रथम, द्धितीय र तृतीय भएकाहरूलाई पुरस्कृत गरियो । जसमा जनही ३० हजार, २० हजार र १० हजार नगदसहित मेडल प्रदान गरियो ।
यसैगरी ४० देखि माथिका ९भेट्रान० लाई पनि १० किलोमिटर दौडमा सहभागी गराइएको थियो । प्रथम, द्धितीय र तृतीय हुनेहरूलाई नगद १० हजार, सात हजार र पाँच हजारसहित पुरस्कृत गरिएको थियो । यसैगरी १५ वर्षभन्दा कम उमेरका बालबालिकाहरूले १० किलोमिटर दौडमा सहभागी भए । उनीहरूमध्ये प्रथम, द्धितीय र तृतीय हुनेहरूलाई पनि नगद १० हजार, सात हजार र पाँच हजार प्रदान गरियो ।
प्रतियोगितामा १२ वर्षभन्दा कम उमेरका बालबालिकाहरूलाई ३ किलोमिटर दूरीको दौडमा सहभागी गराइएको थियो । जसमा प्रथम, द्धितीय र तृतीय हुनेहरूलाई जनही पाँच हजार, तीन हजार र दुईहजारसहित मेडल प्रदान गरियो । यसैगरी ह्वील चियरमार्फत पनि एक किलोमिटर दौड प्रतियोगिता आयोजना गराइयो । जसमा प्रथम, द्धितीय र तृतीय हुनेहरूलाई क्रमशः नगद १० हजार, सात हजार र पाँच हजारसहित मेडल प्रदान गरियो । सबै विधामा पुरुष र महिलाहरूलाई पुरस्कृत गरिएको थियो । यस्तै, स–परिवार दौड प्रतियोगिता ३ किलोमिटरको रहेको आयोजकले जनाएको छ ।