
१ चैत २०८०,
धरानबाट भोजपुरको घोडेटार जाँदै गरेको बोलेरो जीप उदयपुरको चुहारमा दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या ८ पुगेको छ।पछिल्लो पटक घटनास्थलबाट उद्धार गरेर उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठन लगिएका एक यात्रुको ज्यान गएसँगै मृतकको संख्या ८ पुगेको हो। यसअघि घटनास्थलमा उद्धारका क्रममा एक यात्रुको शव भेटिएको थियो। बोलेरोमा जम्मा १७ जना यात्रु सवार रहेको खुलेको छ।जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक दलबहादुर राईका अनुसार अब ज्यान गुमाउनेको संख्या ८ पुगेको छ।
प्रहरीका अनुसार दुर्घटनाका ज्यान गुमाउनेहरूमा जीप चालक रमेश बस्नेतसहित छन्। मृतकहरूमा ५ जना पुरुष, ३ महिला छन्। ५ पुरुषमा एकजना नाबालक हुन्।
ज्यान गुमाउनेहरू
मनबहादुर बस्नेत ९चालक० स् हतुवागढी(२, भोजपुर
चन्द्रप्रकाश राई स् हतुवागढी(२, भोजपुर
दिशान राई स् हतुवागढी(२, भोजपुर
पदमबहादुर थापा स् बराहक्षेत्र(३ सुनसरी
किसन राई स् हतुवागढी(५, भोजपुर
पर्वतमाया राई स् हतुवागढी(५, भोजपुर
रामकुमारी राई स् हतुवागढी(२, भोजपुर
कमला अधिकारी इटहरी उपमहानगर, सुनसरी
घाइतेहरू
विशेष पराजुली
सावित्रा राई
मिनु राई
शान्ति राई
सविना परियार
गायत्री कटुवाल ९रमा०
सुशील परियार
कलसुङ राई
निकिता कटुवाल
