
भदौ १५, २०८१,
सुनसरीको कोशी गाउँपालिका ४ मा चट्याङ लागेर आज ९शुक्रबार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १८ वर्षीय अक्रम मियाँ रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार बिहीबार माछा मार्न गएका बेला हावाहुरीसँगै आएको चट्याङ लागेर गम्भीर घाइते भएका उनको उपचारका क्रममा शुक्रबार मृत्यु भएको हो ।मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल इनरुवामा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।