
२ चैत २०८०,
सांसद अशोककुमार चौधरीले कोशी राजमार्ग समयमा नबनेको कुरा संघीय संसदमा उठाउनुभएको छ । कोशी राजमार्ग अन्तगर्त इटहरी तरहरादेखि धरान सेउतीसम्मको सडक खण्ड समयमा नबन्दा जनताले सास्ती भोगेको बताउनुभएको छ । प्रतिनिधि सभाको बैठकमा ५।३ किमि उक्त सडक खण्ड समयमा नबन्दा बर्खामा हिलो र हिउँदमा धुलोको सास्ति भोग्नुपरेको र आवतजावतमा सास्ति खेप्नुपरेको उहाँले बताउनुभएको छ । गएको दुई वर्षमा उक्त स्थानमा ८२ वटा दुर्घटना हुँदा ११० जना घाइते भएको र १० जनाको ज्यान गएको उहाँले बताउनुभएको छ । बरु त्यस सडक खण्डलाई मृत्यु पर्खीरहेको सडक नामाकरण गर्दा उचित होला,’ उहाँले भन्नुभयो, ‘म नेपाल सरकार र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई यथाशीघ्र इटहरी तरहरा सेउती पानीपिया सडक निर्माण कार्य गर्न गम्भीर ध्यानाकर्षण गर्दछु ।


