
११ चैत २०८०,
नेपाली राष्ट्रिय महिला फुटबल टिमकी सदस्य रेखा पौडेल र साहयक प्रशिक्षक श्याम मानन्धर गृहनगरमा सम्मानित भएका छन ।
साउदी अरबमा भएको वाफ च्याम्पियनसिपको उपविजेता नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी सदस्य पौडेल र मानन्धरलाई इटहरी उपमहानगरपालिका र राष्टिय जागृती क्लबले नगद सहित सम्मान गरेको हो । उपमहानगरले पौडेललाई नगद १ लाख १ हजार र मानन्धरलाई ५१ हजार सहित सम्मान गरेको हो । इटहरी उपमहानगरका नगरप्रमुख हेमकर्ण पौडेलले फुटबल खेलको माध्यमबाट इटहरीको मात्र नभई समग्र देशको शिर उच्च राख्न योगदान पुर्याएको भन्दै उनीहरुले नगद सहित सम्मान गरिएको बताए ।