
१० चैत २०८०,
आगामी १५ चैतदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा ९एसइई०मा देशभरका पाँच लाख चार हजार ४१४ विद्यार्थी सहभागी हुने भएका छन् । यसपटक देशभर दुई हजार ६४ वटा केन्द्र रहनेछन् भने प्रत्येक केन्द्रबाट दुई सय ५० विद्यार्थीले परीक्षा दिनेछन् ।
कक्षा दशका परीक्षा नियन्त्रक नन्दलाल पौडेलका अनुसार परीक्षाको तयारी अन्तिम चरणमा पुगेको छ । ‘अधिकांश जिल्लामा कुन–कुन स्कुललाई केन्द्र बनाउने भन्नेबारे टुंगो लागिसकेको छ, तर केहीमा भने बाँकी नै छ, यो ठूलो विषय होइन,’ उनले भने, ‘यसबाहेक अन्य तयारी पूरा भइसकेको छ ।’ एसइईका लागि जनक शिक्षा सामग्री केन्द्रले प्रश्नपत्र छपाइको कार्य गरेको थियो । प्रश्नपत्र पनि जिल्ला–जिल्लामा ढुवानी भइरहेको छ ।
यसपटकको परीक्षामा सबैभन्दा बढी परीक्षा केन्द्र रहेको जिल्ला काठमाडौं हो । जहाँ एक सय २७ वटा परीक्षा केन्द्र रहनेछन् भने सबैभन्दा कम एक–एकवटा परीक्षा केन्द्र रहेको जिल्ला मनाङ र मुस्ताङ हुन् । मनाङमा ४३ र मुस्ताङमा एक सय सातजना विद्यार्थी छन् भने काठमाडौंमा ३८ हजार ८३१ विद्यार्थी छन् ।