
पुस ५, २०८१ शुक्रबार,
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल ९आईसीसी० ले पाकिस्तानले आयोजना गर्न लागेको च्याम्पियन्स ट्रफी २०२५ का केही खेल तटस्थ स्थानमा आयोजना गर्ने जनाएको छ ।
भारतले सुरक्षा कारणले पाकिस्तानमा च्याम्पियन्स ट्रफी खेल खेल्न असक्षम रहेको बताउँदै आईसीसीलाई यसबारे जानकारी गराएको थियो ।यसपछि आईसीसीले सन् २०२४(२७ मा आईसीसी टूर्नामेन्टमा भारत र पाकिस्तानबीचको खेल तटस्थ स्थानमा खेलाइने बताएको छ ।यसको मतलब भारतीय टोली च्याम्पियन्स ट्रफी खेल्न पाकिस्तान जाने छैन र यी दुई टोलीबीचको खेल तटस्थ स्थानमा खेलाइनेछ।च्याम्पियन्स ट्रफी २०२५ का खेलहरू फेब्रुअरी(मार्चमा खेलिनेछन्। अर्थात् यस प्रतियोगिताका खेलहरू अब पाकिस्तान र तटस्थ स्थानमा खेलाइनेछन्। तटस्थ स्थल कुन हो भन्ने जानकारी भने दिइएको छैन ।च्याम्पियन्स ट्रफी २०२५ बाहेक आइसीसीको यो व्यवस्था भारतले आयोजना गर्ने आइसीसी महिला क्रिकेट विश्वकप २०२५ र भारत र श्रीलंकाले संयुक्त रूपमा आयोजना गर्ने आइसीसी पुरुष टी(२० विश्वकप २०२६ को लागि पनि हो।आईसीसीले च्याम्पियन्स ट्रफी २०२५ को खेल तालिका छिट्टै सार्वजनिक गरिने जनाएको छ । सन् २०१७ मा पाकिस्तानले च्याम्पियन्स ट्रफीको उपाधि जितेको थियो ।च्याम्पियन्स ट्रफीमा आठ टोली भारत, पाकिस्तान, अफगानिस्तान, अष्ट्रेलिया, बंगलादेश, इंग्ल्याण्ड, न्युजिल्यान्ड र दक्षिण अफ्रिका रहेका छन् ।