Sunday, February 1, 2026
Date
आइत, माघ १९, २०८२
Sun, February 1, 2026
Radio Pariwartan
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Radio Pariwartan
No Result
View All Result
Home खेलकुद

कर्णालीमाथि जित निकाल्दै जनकपुर एनपीएलको फाइनलमा

radio by radio
१ वर्ष अगाडि
in खेलकुद, समाचार
0
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

२०८१ पुस ४,

जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिग ९एनपीएल० क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको दोस्रो क्वालिफायर खेलमा कर्णाली याक्समाथि २ विकेटको जित दर्ता गर्दै उपाधिका लागि सुदूरपश्चिम रोयल्ससँग भेट पक्का गरेको हो ।पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग पराजित भएको जनकपुरले फाइनल प्रवेशका लागि अर्को अवसर पाएको हो । पहिलो क्वालिफायरको विजेता बन्दै सुदूरपश्चिमले फाइनल खेलमा स्थान पक्का गरिसकेको छ ।बुधबार भएको इलिमिनेटर खेलमा कर्णाली याक्स विजेता बन्दै दोस्रो क्वालिफायरमा स्थान बनाएको हो । कर्णालीले इलिमिनेटर खेलमा चितवन राइनोजलाई पराजित गर्दै विजयी भएको थियो ।आज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कर्णालीले दिएको एक सय १९ रनको लक्ष्य जनकपुरले १९ ओभरमा ८ विकेटको क्षतिमा पूरा गरेको हो । जनकपुरका जिमी निशमले सर्वाधिक ४५ रनको योगदान गरे ।१७ बल खेलेका उनले २ चौका र ५ छक्का प्रहार गरे । तर, विपिन शर्माले उनलाई आउट गर्दा खेल रोमाञ्चक बन्न पुगेको थियो ।जनकपुरले सुरुवात नै राम्रो गर्न सकेन । जनकपुरले पावर प्लेमा १६ रन बनाउँदा नै ओपनरद्वयसहित ३ विकेट गुमाएको थियो । ओपनर शुभ कंसाकार ६ बलमा ३ रन जोडेर आउट हुँदा कप्तान आशिफ शेख ४ रन तथा लाहिरु मिलान्था २ रनमै समेटिए ।तर, जब जिमी क्रिजमा आए, खेल जनकपुरकै पक्षमा फर्काउन सफल रहे । बलिङमा कर्णालीका बिपिन शर्माले सर्वाधिक ३ विकेट लिए ।त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको कर्णाली याक्सले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै एक सय १८ रनको योगफल बनाएको थियो । कर्णालीका लागि गुलशन झाले सर्वाधिक २५ रन जोडे । उनले २० बलमा एक चौका र दुई छक्काको मद्दतमा २५ रन बनाएका हुन् ।ओपनर देव खनालले २० बलमा तीन चौका र एक छक्काको सहयोगमा २४ रन जोडे भने विलियम बोसिस्टोले १५ बलमा एक चौकाको सहयोगमा १४ रन बनाए । जिशान मक्सुद ११ बलमा दुई चौकाको सहयोगमा १२ रन जोडे ।त्यस्तै १७ बल खेलेका उनिस ठकुरीले दुई चौका प्रहार गर्दै १२ रन बनाए । त्यसबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । कप्तान सोमपाल कामी पाँच रनमा आउट भए भने जयकिशन कोल्सावालाले एक रन बनाए ।

You might also like

एनपिएल उद्घाटनमा जनकपुरविरूद्ध काठमाडौंले टस जित्यो

त्रिविले सार्वजनिक गर्‍यो ३ महिनाभित्र नतिजा प्रकाशन गर्ने क्यालेन्डर, कुन तहको परीक्षा कहिले?

छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

जनकपुरका लागि जेम्स निशम, मोहम्मद मोहसिन र ललितनारायण राजवंशीले समान दुईरदुई विकेट लिए । हर्ष ठाकर र शेर मल्लले समान एकरएक विकेट झारे ।

Previous Post

जनकपुरलाई हराउँदै सुदूरपश्चिम एनपीएलको फाइनलमा

Next Post

आइसीसी च्याम्पियन्स ट्रफी पाकिस्तानमै हुने, भारतका खेल तटस्थ स्थानमा खेलाइने

radio

radio

Related Posts

खेलकुद

एनपिएल उद्घाटनमा जनकपुरविरूद्ध काठमाडौंले टस जित्यो

by radio
शिक्षा

त्रिविले सार्वजनिक गर्‍यो ३ महिनाभित्र नतिजा प्रकाशन गर्ने क्यालेन्डर, कुन तहको परीक्षा कहिले?

by radio
विविध

छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

by radio
जीवन शैली

शनिबार र आइतबार मनसुनी वायु बढी सक्रिय, सोमबारदेखि सुधार

by radio
राजनीति

यी हुन् मन्त्रिपरिषद् बैठकका १९ निर्णयहरु

by radio
Next Post

आइसीसी च्याम्पियन्स ट्रफी पाकिस्तानमै हुने, भारतका खेल तटस्थ स्थानमा खेलाइने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

कोशीमा सभामुखको निर्वाचनपछि मात्रै मन्त्रीपरिषद् विस्तार

कोशीमा सभामुखको निर्वाचनपछि मात्रै मन्त्रीपरिषद् विस्तार

एसईईको परीक्षा चैत १७ गतेदेखि सुरु

एसईईको परीक्षा चैत १७ गतेदेखि सुरु

About Us

पो. ब. नं.: १५१, ईटहरी, सुनसरी
फोन नं.: ०२५-५८२१९६
इमेल: info@radiopariwartan.org.np
www.radiopariwartan.org.np

Our Team

  • अध्यक्ष :- सुशिला लम्साल
  • निर्देशक :- सुजता भट्टराई
  • प्रवन्ध संपादक : सबिना गौतम

  • संपादक : अमर खड्का
  • मार्केटिङ् :- शुलव रिजाल
  • रेपोटर: सुबास खत्री
  • टेक्निसियन : शोम खतिवडा

Find us Here

© 2023 Radio Pariwartan All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2023 Radio Pariwartan All Rights Reserved.