Sunday, February 1, 2026
Date
आइत, माघ १९, २०८२
Sun, February 1, 2026
Radio Pariwartan
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Radio Pariwartan
No Result
View All Result
Home राजनीति

अन्तरिम सरकारको प्रधानमन्त्री बन्न सफल सुशीला कार्की को हुन ?

radio by radio
५ महिना अगाडि
in राजनीति, समाचार
0
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

शुक्रबार, २७ भदौ २०८२,

नेपालकी पहिलो महिला प्रधानन्यायाधीशको हैसियतमा इतिहास रचिसकेकी सुशीला कार्की अहिले फेरि राष्ट्रिय राजनीति र सत्ता–सन्तुलनको केन्द्रमा आइपुगेकी छिन् ।कानुनी पृष्ठभूमि, राजनीतिक सुझबुझ र परिपक्वताका कारण उनलाई प्रधानमन्त्रीका लागि अघि सारिएको चर्चाले देशको ध्यान आकृष्ट गरेको छ ।२००९ जेठ २५ मा मोरङको विराटनगर–शंखपुरमा जन्मिएकी कार्की सात सन्तानमध्ये जेठी हुन् ।बीपी कोइरालाको परिवारसँग नजिकको सम्बन्ध राख्ने उनको परिवार प्रजातान्त्रिक आन्दोलनमा सक्रिय रहँदै आएको छ ।उनका पति दुर्गा सुबेदी प्रजातान्त्रिक सेनानीका रूपमा परिचित छन् ।कार्कीले महेन्द्र मोरङ क्याम्पसबाट बीए र भारतको बनारस हिन्दू विश्वविद्यालयबाट राजनीतिशास्त्रमा एमए गरेकी हुन् । त्यसपछि त्रिभुवन विश्वविद्यालयबाट कानुनमा स्नातक हासिल गरी शैक्षिक यात्रा अघि बढाइन् ।२०४२ देखि २०४६ सम्म धरानस्थित महेन्द्र बहुमुखी क्याम्पसमा प्राध्यापन गरेकी उनले २०३५ सालदेखि वकालत सुरु गरेकी थिइन् ।वरिष्ठ अधिवक्ता हुँदै २०६५ सालमा सर्वोच्च अदालतको अस्थायी न्यायाधीश बनेकी कार्की २०६७ मा स्थायी न्यायाधीश नियुक्त भइन् ।२०७३ सालमा देशकै पहिलो महिला प्रधानन्यायाधीश बनेकी उनले न्यायपालिकामा भ्रष्टाचारविरुद्ध शून्य सहिष्णुताको नीति अपनाइन् ।अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्धको ऐतिहासिक फैसलादेखि मन्त्रीसन्त्री जयप्रकाश गुप्तालाई दोषी ठहर गर्नेसम्म, उनका निर्णयहरूले सधैँ बहस र चर्चा बटुल्यो ।उनलाई राजनीतिक शक्तिहरूले असहज बनाउन खोज्दा पनि उनले निडरतापूर्वक आफ्नो भूमिकामा अडान लिएर चर्चा कमाइन् ।२०७४ वैशाखमा तत्कालीन सत्ता गठबन्धनले संसदमा महाभियोग प्रस्ताव दर्ता गरे पनि सर्वोच्चको अन्तरिम आदेशले त्यसलाई निष्प्रभावी बनायो । महाभियोग असफल भएपछि उनी पुनः आफ्नो पदमा फर्किइन् ।कार्कीको निष्पक्षता, दृढता र कानुनी परिपक्वताले आज फेरि उनलाई राष्ट्रिय राजनीतिमा चर्चाको केन्द्रमा ल्याएको छ ।युवाहरूको रोजाइमा परेकी उनी ‘सिद्धान्तमा अडिग’ नेताको रूपमा प्रस्तुत हुँदैछिन् । जङ्गी अड्डादेखि सिंहदरबारसम्म उनको नाम घन्किन थालेपछि मुलुक फेरि इतिहास निर्माणको मुखमा उभिएको छ ।

You might also like

त्रिविले सार्वजनिक गर्‍यो ३ महिनाभित्र नतिजा प्रकाशन गर्ने क्यालेन्डर, कुन तहको परीक्षा कहिले?

छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

शनिबार र आइतबार मनसुनी वायु बढी सक्रिय, सोमबारदेखि सुधार

Previous Post

जेन-जी आन्दोलनमा भएको दुखद घटनाप्रति सामुदायिक रेडियो प्रसारक संघको चिन्ता

Next Post

सुनसरीमा भोलिदेखि विद्यालय सञ्चालन हुने

radio

radio

Related Posts

शिक्षा

त्रिविले सार्वजनिक गर्‍यो ३ महिनाभित्र नतिजा प्रकाशन गर्ने क्यालेन्डर, कुन तहको परीक्षा कहिले?

by radio
विविध

छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

by radio
जीवन शैली

शनिबार र आइतबार मनसुनी वायु बढी सक्रिय, सोमबारदेखि सुधार

by radio
राजनीति

यी हुन् मन्त्रिपरिषद् बैठकका १९ निर्णयहरु

by radio
प्रवास

भारतमा फैलियो जेन-जी आन्दोलन, ४ जनाको मृत्यु, भाजपा कार्यालयसहित धेरै ठाउँमा आगजनी

by radio
Next Post

सुनसरीमा भोलिदेखि विद्यालय सञ्चालन हुने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

इटहरीमा विद्युत दाहसंस्कार स्थल निर्माण हुने

इटहरीमा विद्युत दाहसंस्कार स्थल निर्माण हुने

सरकार र शिक्षकबीच आज बिहानको वार्ता निष्कर्षविहिन, छलफललाई निरन्तरता दिने

About Us

पो. ब. नं.: १५१, ईटहरी, सुनसरी
फोन नं.: ०२५-५८२१९६
इमेल: info@radiopariwartan.org.np
www.radiopariwartan.org.np

Our Team

  • अध्यक्ष :- सुशिला लम्साल
  • निर्देशक :- सुजता भट्टराई
  • प्रवन्ध संपादक : सबिना गौतम

  • संपादक : अमर खड्का
  • मार्केटिङ् :- शुलव रिजाल
  • रेपोटर: सुबास खत्री
  • टेक्निसियन : शोम खतिवडा

Find us Here

© 2023 Radio Pariwartan All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2023 Radio Pariwartan All Rights Reserved.