Thursday, March 19, 2026
Date
बुध, चैत्र ४, २०८२
Wed, March 18, 2026
Radio Pariwartan
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Radio Pariwartan
No Result
View All Result
Home राजनीति

प्रदेश १ ः सरकारमा एमाले माओवादीको दाबी, वार्ताका लागि टोली गठन

radio by radio
३ वर्ष अगाडि
in राजनीति
0
प्रदेश १ ः सरकारमा एमाले माओवादीको दाबी, वार्ताका लागि टोली गठन
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

१३ पुस २०७९,

सत्तारुढ गठबन्धन दल नेकपा एमाले र माओवादी केन्द्रले प्रदेश १ सरकारको नेतृत्वमा दाबी गरेका छन् । दुवै दलले संसदीय दलको बैठकबाट नेतृत्वमा दाबी गर्ने निर्णय गरेका हुन् ।

You might also like

यी हुन् मन्त्रिपरिषद् बैठकका १९ निर्णयहरु

भारतमा फैलियो जेन-जी आन्दोलन, ४ जनाको मृत्यु, भाजपा कार्यालयसहित धेरै ठाउँमा आगजनी

मन्त्रिपरिषद् विस्तार: पाँच नयाँ मन्त्री नियुक्त, ९ सदस्यीय बन्यो मन्त्रिपरिषद्

दुई दलले आफ्नो नेतृत्वमा सरकार गठनका लागि छलफल गर्न वार्ता समिति गठन गरेका छन् । माओवादी केन्द्रले प्रदेश १ इञ्चार्ज राम कार्की र नेकपा एमालेले प्रदेश १ संसदीय दलको नेता हिक्मतकुमार कार्कीको नेतृत्वमा वार्ता समिति गठन गरेकाे हाे । दुवै समितिले आफ्नो नेतृत्वमा सरकार गठनका लागि छलफल सुरु गरेका छन् । 

माओवादीले गठन गरेको तीन सदस्यीय वार्ता समितिको सदस्यमा माओवादी केन्द्र प्रदेश १ संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो र पार्टीको प्रदेश १ कमिटी अध्यक्ष हर्कबहादुर नेम्वाङ मिक्सो छन् ।
प्रदेश १ सरकारको नेतृत्व दाबी गरिरहेको नेकपा एमालेले यसअघि नै वार्ता टोली गठन गरेको थियो । एमाले प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीको संयोजकत्वमा एमालले पाँच सदस्यीय वार्ता टोली गठन गरेको हो । टोलीले सरकार गठन र अन्य विषयमा दलहरुसँग छलफल गर्न टोलीका सदस्य रेवतीरमण भण्डारीले बताए । 

माओवादी केन्द्र प्रदेश १ संसदीय दलका नेता आङ्बोले सरकारको नेतृत्वमा आफ्नो पार्टीले दाबी गर्दै छलफलका लागि वार्ता टोली गठन गरेको बताए । २०७४ सालमा एमालेसँग तालमेल हँुदा माओवादी केन्द्रले सरकारको नेतृत्व नपाएको बताउँदै उनले यो पटक पाउनुपर्ने बताए । वार्ता टोलीले प्रदेशमा दलहरुसँग छलफल गर्ने उनले बताए । सोही टोलीले पार्टीको केन्द्रीय नेतृत्व र गठबन्धन दलको नेतृत्वसँग पनि छलफल गर्ने उनको भनाई छ ।

९३ सदस्यीय प्रदेश १ को प्रदेशसभामा माओवादी केन्द्रले १३ सिट जितेको छ । नेकपा एमालेसँग ४० सिट छ । सत्ता गठबन्धनमा रहेको राप्रपासँग ६ र जसपासँग एक सिट छ । नेपाली कांग्रेसको २९ र नेकपा एकिकृत समाजवादी पार्टीको ४ सिट छ ।

Previous Post

समाजवादी र जसपालाई सरकारमा ल्याउने प्रचण्डको तयारी

Next Post

नेपाल टी-२० : सुपर ओभरमा फार वेस्टर्नलाई हराउँदै लुम्बिनी विजयी

radio

radio

Related Posts

राजनीति

यी हुन् मन्त्रिपरिषद् बैठकका १९ निर्णयहरु

by radio
प्रवास

भारतमा फैलियो जेन-जी आन्दोलन, ४ जनाको मृत्यु, भाजपा कार्यालयसहित धेरै ठाउँमा आगजनी

by radio
राजनीति

मन्त्रिपरिषद् विस्तार: पाँच नयाँ मन्त्री नियुक्त, ९ सदस्यीय बन्यो मन्त्रिपरिषद्

by radio
राजनीति

हमासले सार्वजनिक गरेको ‘बिदाई तस्वीर’मा नेपाली विपिन जोशी पनि

by radio
राजनीति

असोज १ गते शोक दिवस मनाइने, सरकारले दियो सार्वजनिक बिदा

by radio
Next Post
नेपाल टी-२० : सुपर ओभरमा फार वेस्टर्नलाई हराउँदै लुम्बिनी विजयी

नेपाल टी-२० : सुपर ओभरमा फार वेस्टर्नलाई हराउँदै लुम्बिनी विजयी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

असोज १ गते शोक दिवस मनाइने, सरकारले दियो सार्वजनिक बिदा

अकोराब नेपाल र भारतको सीआरएबीच सहकार्य गर्ने सहमति

अकोराब नेपाल र भारतको सीआरएबीच सहकार्य गर्ने सहमति

About Us

पो. ब. नं.: १५१, ईटहरी, सुनसरी
फोन नं.: ०२५-५८२१९६
इमेल: info@radiopariwartan.org.np
www.radiopariwartan.org.np

Our Team

  • अध्यक्ष :- सुशिला लम्साल
  • निर्देशक :- सुजता भट्टराई
  • प्रवन्ध संपादक : सबिना गौतम

  • संपादक : अमर खड्का
  • मार्केटिङ् :- शुलव रिजाल
  • रेपोटर: सुबास खत्री
  • टेक्निसियन : शोम खतिवडा

Find us Here

© 2023 Radio Pariwartan All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2023 Radio Pariwartan All Rights Reserved.